नेभिगेशन
नेताका कुरा

आफैँ गाडी चलाएर कर्णाली पुगेका मन्त्री सुनिल लम्साल, अब सडक राम्रो बनाएरै छाड्ने

कर्णाली । पूर्वाधार विकासमन्त्री सुनिल लम्साल कर्णाली प्रदेशको सडक सञ्जाल एवं पूर्वाधार विकासको स्थलगत अनुगमन तथा निरीक्षणका क्रममा सोमबार हुम्लाको सदरमुकाम सिमकोट पुगेका छन् ।

करिब एक साताको स्थलगत अनुगमन यात्रामा रहेका मन्त्री लम्सालले कर्णाली राजमार्गअन्तर्गत सुर्खेत, दैलेख, कालीकोट र जुम्लाको अनुगमन सम्पन्न गरी मुगु हुँदै हुम्ला पुगेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यात्राका क्रममा उनले कर्णाली राजमार्ग, सहायक सडक, कृषि सडक, पुल, खानेपानी, सिँचाइ आयोजना तथा विद्यालयका भौतिक संरचनाको अनुगमन गरेका छन् ।  

Ncell
Extreme Energy

सो क्रममा उनले सम्बन्धित जिल्लाका स्थानीय तहका जनप्रतिनिधि, सडक कार्यालयका प्रमुख, राजनीतिक दलका प्रतिनिधि, निर्माण व्यवसायी तथा स्थानीय नागरिकसँग छलफल र अन्तरक्रिया गरी स्थानीय आवश्यकता, माग र सुझाव सङ्कलन गरिएको बताए । 

अनुगमनका क्रममा उनले कर्णालीको विकासका लागि सरकारको प्राथमिकताबारे जिज्ञासा राखेका थिए । 'कर्णालीवासीले उठाएका वास्तविक समस्या, आवश्यकता र माग टिपोट गर्ने काम भएको छ । यस क्रममा महत्वपूर्ण सुझाव सङ्कलन भएका छन्,' उनले भने । 

स्थानीय बासिन्दाले कर्णाली राजमार्गलाई दुई लेनमा स्तरोन्नति गर्नुपर्ने, सडक सञ्जाल विस्तार गर्नुपर्ने, पुल निर्माण, खानेपानी, सञ्चार, सिँचाइ तथा विद्यालय भवन निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने माग राखेका छन् ।

उनले कर्णालीका नागरिकका आवश्यकता र पूर्वाधारको वास्तविक अवस्था नजिकबाट बुझेर त्यसको प्राथमिकीकरण गर्दै अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना तयार गर्ने उद्देश्यले स्थलगत अनुगमन गरिएको बताए ।

उनका स्वकीय सचिव निर्मल ज्ञवालीले बजेट विनियोजन भएका सडक आयोजनाको कार्यप्रगति तथा आवश्यक संशोधनका बारेमा अध्ययन भइरहेको बताए । यसअघि खारेज गरिएको जुम्लास्थित सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय पुनःसञ्चालन गर्ने प्रतिबद्धता मन्त्री लम्सालले व्यक्त गरेका छन् ।

अनुगमनका क्रममा मन्त्री लम्सालले मुगुको राराताल, जुम्लाको गुठीचौर क्षेत्र तथा चन्दननाथ मन्दिरको अवलोकन गरेका थिए । 

मन्त्री लम्सालको सचिवालयका अनुसार कर्णाली राजमार्गको वास्तविक अवस्था प्रत्यक्ष रूपमा बुझेर सडक निर्माणको यथार्थपरक खाका तयार गर्ने उद्देश्यले लम्सालले यात्राका क्रममा अधिकांश दूरी आफैँ सवारी चलाएर स्थलगत निरीक्षण गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ

नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ

नेपालले भदौ महिनामात्रै बिजुली बेचेर पाँच अर्बभन्दा बढी आम्दानी गरेको छ ।
हिउँदमा काठमाडौँको विद्युत माग धान्न ऊर्जा मन्त्रालयले बनायो एकीकृत रणनीति

हिउँदमा काठमाडौँको विद्युत माग धान्न ऊर्जा मन्त्रालयले बनायो एकीकृत रणनीति

सरकारले आगामी जाडोयाममा काठमाडौँ उपत्यकामा हुन सक्ने विद्युतको अत्यधिक मागलाई सम्बोधन गर्दै निर्बाध र सहज आपूर्ति सुनिश्चित गर्न एकीकृत रणनीति बनाएको छ ।
बाढी प्रभावित रसुवाको उत्तरगया–१ मा जोडियो बिजुली

बाढी प्रभावित रसुवाको उत्तरगया–१ मा जोडियो बिजुली

सरकारले बाढी प्रभावित क्षेत्रमा विद्युत् पुनःस्थापनालाई तीव्रता दिएको छ ।
भोटेकोशी भेलबाढीबारे २० अन्तर्राष्ट्रिय वैज्ञानिकहरूले पत्ता लगाएका दुई कारण

भोटेकोशी भेलबाढीबारे २० अन्तर्राष्ट्रिय वैज्ञानिकहरूले पत्ता लगाएका दुई कारण

ती वैज्ञानिकहरूले भोटेकोशी हिमबाढीमा विभिन्न जटिल प्राकृतिक प्रक्रियाको शृंखलाले भूमिका खेलेको दाबी गरेका छन्। तीमध्ये धेरै प्रक्रिया मानवसिर्जित जलवायु परिवर्तनकै कारण रहेको निष्कर्ष निकालेका छन्।