नेभिगेशन
सबै कुरा

सेयर बजारमा उछालः ५४ अंकले परिसूचक बढ्दा ८ अर्ब नाघ्यो कारोबार

काठमाडाैँ । मंगलबार सेयर बजारमा उछाल आएको छ । नेप्से परिसूचक ५४.५४ अंकले बृद्धि हुँदा कुल कारोबार रकम बढेर ८ अर्ब २ करोड पुगेको छ । 

नेपाल स्टक एक्सचेन्जकाअनुसार मंगलबारको बढोत्तरी पछि बजार परिसूचक २१ सय ७५.१७ अंकमा उक्लिएको छ । 

आज कारोबारमा आएका ३०४ कम्पनी मध्ये २१४ कम्पनीको सेयर मूल्य बढेको छ । जम्मा ३१ कम्पनीको सेयर मूल्य घट्दा २ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएन । आज एक लाख ३३ हजार ६१ कारोबारबाट २३ करोड ३७ लाख ५३ कित्ता सेयर खरिद बिक्री भएको नेप्सेले जनाएको छ । आज बुटवल पावरसहितका ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । १५ वटा कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेबलमा बढेर कारोबार भयो । जलविद्युत, लगानी र फाइन्यान्स उपसमूहमा मंगलर उच्च बृद्धि भएको थियो । मंगलबार एकै दिन सोनापुर मिनरल्सको सेयर २८ करोड रुपैयाँ बराबरको कारोबार भयो । बजारमा दोस्रो ठूलो कारोबार नेपाल पूर्वाधार विकास बैंक निफ्राको भएको थियो । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बूढीगण्डकी जलविद्युत् आयोजनाका लागि लगानी जुट्यो

बूढीगण्डकी जलविद्युत् आयोजनाका लागि लगानी जुट्यो

सम्झौताअनुसार एनआईएमबीले १० अर्ब, नबिल बैंकले रु आठ अर्ब, लक्ष्मी सनराइज बैंकले आठ अर्ब र ग्लोबल आइएमई बैंकले सात अर्ब ऋण लगानी गर्ने भएका छन्। साथै हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट...
नेप्से परिसूचक उकालो लाग्दा आठ अर्ब ५३ करोडको कारोबार

नेप्से परिसूचक उकालो लाग्दा आठ अर्ब ५३ करोडको कारोबार

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक १८ दशमलव ३० अङ्कले उकालो लागेर दुई हजार ८५० दशमलव ३७ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ...
नेप्से एक दशमलव ९४ अङ्कले घट्यो

नेप्से एक दशमलव ९४ अङ्कले घट्यो

आज ३२० कम्पनीको दुई करोड १६ लाख ५७ हजार ७०६ कित्ता शेयर ९३ हजार १८५ पटक खरिदबिक्री हुँदा रु सात अर्ब ६३ करोड १३ लाख ७५ हजार ९५२...
४१ अङ्कले घट्यो नेप्से परिसूचक

४१ अङ्कले घट्यो नेप्से परिसूचक

आजको कारोबारमा ३२५ कम्पनीको दुई करोड २२ लाख सात हजार १४२ कित्ता शेयर एक करोड ३० लाख ९५३ पटक खरिदबिक्री हुँदा रू नौ अर्ब ३३ करोड ३९ लाख...