नेभिगेशन
नेताका कुरा

पहिलो महाधिवेशनबाट नयाँ नीति र नेतृत्व लिएर आएको रास्वपा अहिले के गर्दैछ ?

काठमाडौँ । चितवनको पहिलो राष्ट्रिय महाधिवेशनबाट नयाँ नीति र नेतृत्व लिएर आएको राष्ट्रिय स्वतन्त्र पार्टी नीतिगत आधार निर्माणमा जुटेकाे छ । 

महामन्त्री विपिन आचार्यले महाधिवेशनबाट संशोधन भएको विधानअनुसार कार्यविधि र नियमावली लेखन भइरहेको बताए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘पहिला त हामी जति पनि कार्यविधि र नियमावली नयाँ बनाउनुपर्ने, संशोधन गर्नुपर्नेछ, त्यो काम गर्दै छौँ । चाहे त्यो बैठक सञ्चालन कार्यविधि होला, पार्टी सदस्यता प्रमाणीकरण गर्ने कार्यविधि होला । विभागहरूको कार्यविधि छ । अथवा अस्तिको विधानभन्दा अगाडिसम्म पार्टीको संरचनामा परिषद्का कुराहरू थिए । अहिले हामीले बुथ र टोल समितिलाई बढी इन्स्ट्रुमेनलाइज गरेका छौँ । पहिला ३९ वटा विभाग थियो, अहिले ३० भन्दा तल झारेका छौँ,’ आचार्यले भने । 

Ncell
Extreme Energy

महामन्त्री आचार्यले मनोनीत गरिने पदाधिकारीहरु पनि पूर्ति गरिने बताए । चाँडै बैठक बसेर पदाधिकारीसहित केन्द्रीय समितिलाई पूर्णता दिने उनको भनाइ छ । पार्टीको विभाग र अन्य संरचनालाई पूर्णता दिने काम पनि भइरहेको आचार्यले बताए । उनका अनुसार नवनिर्वाचित केन्द्रीय सदस्यलाई अभिमुखीकरण दिने योजना पनि बनिरहेको छ ।

‘त्यो योजना बन्दासम्म मनोनीत पनि सकिसक्छ,’ उनले भने, ‘सबैजनालाई एकैसाथ अभिमुखीकरण हुन्छ ।’ महामन्त्री आचार्यका अनुसार नवनिर्वाचित केन्द्रीय समितिको बैठक पनि आउँदो साता बस्ने गरी गृहकार्य भइरहेको छ । त्यही बेला सभापति रवि लामिछानेले मनोनीतहरूको नाम बैठकमा पेस गर्न सक्छन् । 

नीतिगत आधार तयार पारेपछि पार्टी सरकारलाई सफल बनाउन लाग्ने, संसदमा सक्रिय भूमिका निर्वाह गर्ने र जनसंगठन विस्तार गर्दै आसन्न स्थानीय तह र प्रदेश सभाको निर्वाचनमा जुट्ने महामन्त्री आचार्यले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
त्रिशूली–१ को टनेलबाट १३ शव निकालियो, बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको खोजी जारी

त्रिशूली–१ को टनेलबाट १३ शव निकालियो, बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको खोजी जारी

माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ टनेलमा फेला परेका १३ वटा शव हेलिकप्टरमार्फत त्रिशूली ल्याइएको छ। टनेलमा अझै खोज तथा उद्धार कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ।
यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान, प्रधानमन्त्री शाह मंगलबार जाँदै

यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान, प्रधानमन्त्री शाह मंगलबार जाँदै

संयुक्त राष्ट्रसंघ (यूएन) को ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली टोली आइतबार साँझ अमेरिकाको न्युयोर्क प्रस्थान गरेको छ।
‘बंगालको खाडीमा विकसित पानी पार्ने प्रणाली बलियो बन्दैछ, नेपालमा यसको असरबारे अहिले नै यकिन गर्न सकिँदैन’

‘बंगालको खाडीमा विकसित पानी पार्ने प्रणाली बलियो बन्दैछ, नेपालमा यसको असरबारे अहिले नै यकिन गर्न सकिँदैन’

बंगालको खाडीको पूर्वी भू–भागमा विकसित न्यून चापीय प्रणाली थप बलियो बन्दै पश्चिम–उत्तरपश्चिमतर्फ सर्ने प्रक्षेपण गरिएको छ। उक्त प्रणालीका कारण नेपालमा वर्षा हुने सम्भावना रहे पनि वर्षाको जोखिम र...
७३ जिल्लाका ६,१३२ वडामा भयो कांग्रेसको अधिवेशन

७३ जिल्लाका ६,१३२ वडामा भयो कांग्रेसको अधिवेशन

नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत वडा अधिवेशनको दोस्रो दिनसम्म देशभरका ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न भई वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधि चयन भएको कांग्रेसको केन्द्रीय...

भर्खरै