नेभिगेशन
नेताका कुरा

सातै प्रदेश भागबण्डाको अन्तिम तयारीमा एमाले–नेकपा

एमालेलाई ४ र नेकपालाई ३ प्रदेशको मुख्यमन्त्री

काठमाडौँ । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच सातै प्रदेशमा मिलेर सरकार बनाउने सहमतिको अन्तिम तयारीमा जुटेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले पनि छलफलमा छन् ।

दुई नेताबीच चार वटा प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने र तीन वटा प्रदेशमा नेकपाले सरकारको नेतृत्व गर्ने गरी भागबण्डा भइसकेको स्रोतको दाबी छ । सहमतिलाई अन्तिम रुप दिन मात्रै बाँकी रहेको स्रोतको दाबी छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

स्रोतका अनुसार कोशी, बागमती, लुम्बिनी र गण्डकीमा एमालेले मुख्यमन्त्री लिने छ भने कर्णाली, सुदूरपश्चिम र मधेसमा नेकपाले मुख्यमन्त्री लिने छ । मधेशमा उपेन्द्र यादव नेतृत्वको जसपा नेपाललाई सहमतिमा ल्याउन दुवै नेताले प्रयास गरेका छन् ।

Ncell
Extreme Energy

यादवले मधेशमा मुख्यमन्त्री मागेमा दिन समेत दुई नेता सहमत भइसकेका छन् । यादवलाई सहमतिमा ल्याउने जिम्मेवारी प्रचण्डले पाएका छन् ।

एमाले र नेकपा मिले पनि बागमती र गण्डकीमा यी दुई दलको सरकार बन्न सम्भव छैन । राप्रपाको साथ पाए मात्र नयाँ सरकार बन्न सक्छ । गण्डकी र बागमतीमा राप्रपाको समर्थन जुटाउने जिम्मेवारी एमाले अध्यक्ष ओलीले लिएको स्रोतको दाबी छ ।

स्रोतका अनुसार, सकेसम्म आजै, नभए भोलि बिहान लिखित सहमति गर्ने र सातै प्रदेशमा नयाँ सरकार बनाउने अभियानमा लाग्ने नेताहरुको तयारी छ ।

आगामी स्थानीय तथा प्रदेश चुनावसम्म यो सहकार्यलाई कायम राख्ने र चुनावमा समेत सहकार्य गर्ने ओली र प्रचण्डको रणनीति छ । त्यसपछि पार्टी एकतासम्म पुग्न सकिने दुवै नेताहरुको तयारी रहेको छलफलमा सहभागी एक नेताले सिधाकुरालाई बताए ।

विष्णु पौडेल र शंकर पोखरेलको असहमति 

एमाले र नेकपाका बीचमा उसअघि पनि पटक(पटक छलफल भएको थियो । प्रचण्डसँग सहमतिको समझदारी जुटाउन ओलीले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललाई पनि आफ्नै गाडीमा राखेर लगेका थिए ।

तर, ओलीको प्रस्तावमा पौडेल र पोखरेल सहमत भएनन् । ओलीले प्रचण्डसँगको सहमतिमा उपाध्यक्ष र महासचिवलाई पनि साक्षी राख्न चाहे पनि उनीहरुले साथ नदिएपछि आज जारी छलफलमा उनीहरुलाई ‘डिफेम’ गरेको एक नेताले जानकारी दिए ।

‘विष्णु पौडेल र शंकर पोखरेल पार्टी नै फुटाउने तयारीमा छन्’ ओलीले प्रचण्डलाई भनेको कुरा उद्दृत गर्दै स्रोतले भन्यो, ‘त्यही भएर उनीहरुले हिजो सहमति जनाएनन् ।’

ओलीले विष्णु पौडेल र शंकर पोखरेलमाथि शंका गरिरहनुको कारण हो– एमालेमा पुनर्गठनको बहस तीव्र चलिरहेको छ ।

अहिले कार्यदलले प्रतिवेदन लेखिरहेको छ र निष्कर्ष मात्रै लेख्न बाँकी छ ।

निष्कर्ष खण्डमा ‘ओलीलाई के भनेर लेख्ने’ भन्नेमा कार्यदलका सदस्यहरुबीच छलफल चलिरहेको छ । ओलीको बहिर्गमनका लागि आधार निष्कर्षमा लेख्ने कार्यदलको तयारी छ ।

‘एमालेमा ओली संकटमा छन्, नेकपामा पनि प्रचण्ड सुरक्षित छैनन्, त्यसैले पार्टीभित्रै संकटमा परेका दुई नेताले आफू सुरक्षित हुने उपाय खोजिरहेका छन्’– एक नेताले भने । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
धाप ड्याम कति जोखिममा, सरकारी अध्ययन टोलीले के निकाल्यो निष्कर्ष ?

धाप ड्याम कति जोखिममा, सरकारी अध्ययन टोलीले के निकाल्यो निष्कर्ष ?

लगातारको वर्षापछि ड्यामको उत्तरतर्फ, सिन्धुपाल्चोकको हैबुङतर्फ सडकमुनि पहिरो गएको छ। पहिरोका कारण सडक किनारमा बनाइएको ग्याबिन वाल भासिएको छ भने ह्युम पाइपको जोर्नीमा समेत क्षति पुगेको छ।
१५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेस सभापति थापाको आह्वान

१५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेस सभापति थापाको आह्वान

सभापति थापाले मंगलबार ‘हार्दिक आह्वान’ जारी गर्दै असोज ३ र ४ गते हुने वडा अधिवेशनमा सक्रियतापूर्वक सहभागी हुन कांग्रेसजनलाई आग्रह गरेका हुन्। उनका अनुसार १५औँ महाधिवेशन असोज १६...
सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन् ।
बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

अदालतले उनीहरूलाई हत्या तथा मानवताविरुद्धको अपराध र हत्याका लागि उक्साएको अभियोगमा दोषी ठहर गरेको हो। सजाय सुनाइएकामध्ये आवामी लिगका पूर्वमहासचिव ओबैदुल कादेर र पूर्वमन्त्री मोहम्मद अली अराफात रहेका  ...