नेभिगेशन
नेताका कुरा

रोकिएका जिल्लाको अधिवेशन गर्दै रास्वपा

कैलाली जिल्ला अधिवेशनलाई वैधानिकता प्रदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले बाँकी रहेका जिल्लामा अधिवेशन प्रक्रिया अगाडि बढाएको छ । 

रास्वपाको केन्द्रीय निर्वाचन आयोगले सिन्धुपाल्चोक र बागलुङमा निर्वाचन प्रक्रिया अगाडि बढाएको हो । बाँकी रहेका मधेशका जिल्लामा पनि अब क्रमश अधिवेशन गरिने निर्वाचन आयोगका प्रमुख भुवन केसीले बताए । यी जिल्लामा विवादका कारण प्रथम राष्ट्रिय महाधिवेशनअघि अधिवेशन हुन सकेको थिएन । रास्वपाले यी जिल्लामा थाँती राख्दै महाधिवेशन गरेको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आयोगले पहिलो महाधिवेशनअघि विवादले स्थगित गरिएफो सिन्धुपाल्चोकमा साउन २२ गते अधिवेशन गर्ने निर्णय गरेको छ । २२ गते सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा जिल्ला अधिवेशन गर्ने आयोगको निर्णय छ ।

Ncell
Extreme Energy

'जिल्ला अधिवेशन सञ्चालन हुनुअघि लिसंखुपाखर गाउँपालिकाको अधिवेशन सम्पन्न गरिसक्नुपर्नेछ । निर्वाचन प्रक्रिया स्थगन गरिएको चरणबाटै पुनः सञ्चालन गरिनेछ। स्थगन हुनुअघि सम्पन्न भएका सम्पूर्ण निर्वाचन प्रक्रियाहरू यथावत् कायम रहनेछन् र बाँकी प्रक्रियाहरू केन्द्रीय निर्वाचन आयोगबाट स्वीकृत संशोधित निर्वाचन कार्यतालिकाअनुसार सिन्धुपाल्चोक जिल्ला अधिवेशन निर्वाचन समितिले सञ्चालन तथा सम्पन्न गर्नेछ,' आयोगले भनेको छ । 

यसैगरी आयोगले बागलुङ जिल्ला अधिवेशनको प्रक्रिया पनि अगाडि बढाएको छ । यसअघि सम्पन्न अधिवेशन कार्यविधिअनुसार नभएको ठहर गर्दै आयोगले बागलुङ जिल्ला अधिवेशनबाट गठन भएको भनिएको जिल्ला कार्यसमितिको घोषणा पूर्ण रूपमा बदर गरेको छ । साथै बागलुङ जिल्ला अधिवेशन कार्यविधि अनुरूप पुनः सम्पन्न गर्ने निर्णय गरेको छ । 

'नयाँ जिल्ला अधिवेशनको मिति, समय, स्थान तथा निर्वाचन समिति गठनसम्बन्धी निर्णय केन्द्रीय निर्वाचन आयोगले आगामी ७ दिनभित्र सार्वजनिक गर्ने र सोही आधारमा अधिवेशन सम्पन्न गर्नुपर्नेछ,' आयोगले भनेको छ । 

कैलाली जिल्ला अधिवेशनलाई वैधानिकता प्रदान

रास्वपा केन्द्रीय निर्वाचन आयोगले जेठ २४ गते सम्पन्न कैलाली जिल्ला अधिवेशनलाई वैधानिकता प्रदान गर्ने निर्णय गरेको छ । अधिवेशनविरुद्ध परेका उजुरीहरूउपर आवश्यक छानबिन तथा विस्तृत अध्ययनपछि आयोग यो निर्णयमा पुगेको हो । 'उक्त अध्ययन तथा प्राप्त तथ्यहरूको विश्लेषण गर्दा, सो अधिवेशन पार्टीको 'जिल्ला अधिवेशन कार्यविधि' र 'जिल्ला निर्वाचन कार्यविधि' मा तोकिएका सम्पूर्ण प्रक्रिया तथा सिद्धान्तहरूको पूर्ण रूपमा पालना गरी विधिसम्मत ढंगले सम्पन्न भएको देखिएको छ,' आयोगको निष्कर्ष छ ।

यसैकारण जेठ २४ मा  सम्पन्न कैलाली जिल्ला अधिवेशनलाई विधिवत् रूपमा सदर गर्दै आधिकारिक मान्यता प्रदान गर्ने आयोगको निर्णय छ । उक्त अधिवेशनबाट निर्वाचित घोषित जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको निर्वाचन परिणामलाई यथावत् कायम राख्दै आधिकारिकता प्रदान पनि आयोगले गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
त्रिशूली–१ को टनेलबाट १३ शव निकालियो, बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको खोजी जारी

त्रिशूली–१ को टनेलबाट १३ शव निकालियो, बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको खोजी जारी

माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ टनेलमा फेला परेका १३ वटा शव हेलिकप्टरमार्फत त्रिशूली ल्याइएको छ। टनेलमा अझै खोज तथा उद्धार कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ।
यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान, प्रधानमन्त्री शाह मंगलबार जाँदै

यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान, प्रधानमन्त्री शाह मंगलबार जाँदै

संयुक्त राष्ट्रसंघ (यूएन) को ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली टोली आइतबार साँझ अमेरिकाको न्युयोर्क प्रस्थान गरेको छ।
‘बंगालको खाडीमा विकसित पानी पार्ने प्रणाली बलियो बन्दैछ, नेपालमा यसको असरबारे अहिले नै यकिन गर्न सकिँदैन’

‘बंगालको खाडीमा विकसित पानी पार्ने प्रणाली बलियो बन्दैछ, नेपालमा यसको असरबारे अहिले नै यकिन गर्न सकिँदैन’

बंगालको खाडीको पूर्वी भू–भागमा विकसित न्यून चापीय प्रणाली थप बलियो बन्दै पश्चिम–उत्तरपश्चिमतर्फ सर्ने प्रक्षेपण गरिएको छ। उक्त प्रणालीका कारण नेपालमा वर्षा हुने सम्भावना रहे पनि वर्षाको जोखिम र...
७३ जिल्लाका ६,१३२ वडामा भयो कांग्रेसको अधिवेशन

७३ जिल्लाका ६,१३२ वडामा भयो कांग्रेसको अधिवेशन

नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत वडा अधिवेशनको दोस्रो दिनसम्म देशभरका ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न भई वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधि चयन भएको कांग्रेसको केन्द्रीय...

भर्खरै