नेभिगेशन
सबै कुरा

एकै दिन ९ अर्ब ७६ करोडको सेयर कारोबार

काठमाडौं । बुधबार एकै दिन झण्डै १० अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दिनभरजसो तिब्र उतारचढाब आएको बजारमा पछिल्लो २ वर्षयाताकै उच्च रकमको सेयर खरिद बिक्री भएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल स्टक एक्सचेन्जकाअनुसार बुधबार नेप्से परिसूचक १२.१० अंकले घटे पनि कारोबार रकम भने ९ अर्ब ७६ करोड पुग्यो ।  बुधबारको सेयर कारोबार रकम पछिल्लो २ वर्षयताकै उच्च हो भने हिजोको कारोबार रकम भन्दा एक अर्ब ७४ करोडले बढी हो । मंगलबार ८ अर्ब २ करोड रुपैयाँको सेयर खरिद बिक्रि भएको थियो । 

Ncell
Extreme Energy

हाइड्रो र होटल समूहले नाफा बुक गर्दा झिनो अंकले घटेको बजारमा र परिसूचक २१ सय ६३.६ अंकमा रोकिएको छ । आज दोस्रो बजारमा सूचीकृत ३ सय कम्पनीको ३ करोड ३५ लाख २५ हजार ७०२ कित्ता सेयर खरिद बिक्री भयो । 

आज ग्लोबल आइएमई लघुवित्त, नेपाल वेयर हाउजिङ कम्पनीका लगानीकर्ताले दोस्रो बजारमा १० प्रतिशतले कमाए । यस्तै हिमालय रि इन्स्योरेन्स कम्पनीको सेयर मूल्य आज पनि सकारात्मक सर्किट लेबलमा कारोबार भयो । आज इष्र्टन हाइड्रोपावर र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले दोस्रो बजारमा धेरै गुमाए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
नेप्से परिसूचक १२.९६ अङ्कले बढ्यो

नेप्से परिसूचक १२.९६ अङ्कले बढ्यो

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ९६ अङ्कले बढेर दुई हजार ६८५ दशमलव ५४ अङ्कमा पुगेको छ ।  ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई...
‘नियमकीय गुणस्तर सुधार गर्दै पूँजीबजार विकासका लागि धितोपत्र बोर्डले काम गर्नुपर्छ’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

‘नियमकीय गुणस्तर सुधार गर्दै पूँजीबजार विकासका लागि धितोपत्र बोर्डले काम गर्नुपर्छ’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

सो क्रममा उनले बोर्ड नेतृत्वलाई उच्च नैतिकतासहित पूँजीबजार विकासको कार्य अघि बढाउन निर्देशन दिए । ‘नयाँ अध्यक्ष नियुक्त भएपछि बोर्डले दीर्घकालीन उद्देश्यसहित अघि बढ्न खोजेको र त्यसको सकारात्मक...
नेप्से परिसूचकमा सामान्य अङ्कले वृद्धि

नेप्से परिसूचकमा सामान्य अङ्कले वृद्धि

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार परिसूचक ७.२५ अङ्कले बढेर दुई हजार ७२६.४९ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.१८ अङ्कले घटेर ४७२.४२  अङ्कमा...

भर्खरै