नेभिगेशन
नेताका कुरा

प्रचण्डसँग माधव नेपाल किन बने रूष्ट?

सल्लाह गर्न गएका प्रचण्ड जब फर्किए तीन बुँदे सहमतिको कागज बोकेर

काठमाडौं । प्रदेश सरकार बाँडफाँटको तीन बुँदे सहमतिपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालबीच चिसो बढेको छ ।

नेकपाका एक नेताले बताएअनुसार प्रचण्डले आफूसँग सल्लाह नै नगरी एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मिलेर प्रदेश सरकारमा भागवण्डा गरेको भन्दै सहसंयोजक नेपाल रूष्ट बनेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शनिबार ओलीसँग सहमति गनुपूर्व प्रचण्डले नेता नेपालसँग सामान्य छलफल गरेका थिए । 

Ncell
Extreme Energy

‘प्रदेश सरकार गठनका नयाँ ढंगले छलफल गरौं भन्ने केपी ओलीजीको प्रस्ताव छ भन्नुभएको रहेछ,’ ती नेताले सिधाकुरासँग भने, ‘माधव नेपालले प्रदेशहरूमा सर्वदलीय चुनावी सरकार बनाउनुपर्छ भन्नुभएको थियो । उहाँ कांग्रेससँग छलफलमा पनि हुनुहुन्थ्यो ।’

तर शनिबार नेता नेपालसँग सल्लाह नै नगरी प्रचण्डले सहमतिको कागज बोकेर फर्किएपछि उनको नियतमाथि प्रश्न उठेको पूर्व एकीकृत समाजवादीका ती नेताले बताए ।

‘अहिले दुवै पार्टीमा रूपान्तरण र पुनर्गठनको प्रश्न छ । प्रदेश सरकारको भागबण्डा जनताले रूचाएका पनि छैनन् । केही दिनअघि प्रचण्ड आफै हामीलाई प्रदेश सरकार चाहिएको छैन भन्दै हुनुहुन्थ्यो,’ ती नेताले भने ।

प्रचण्ड फर्किएपछि नेता नेपालले तीन बुँदे सहमतिबारे जिज्ञासा राखेका थिए । जबाफमा प्रचण्डले आफूले सम्पर्क गर्न खोज्दा फोन नै नलागेको बताएका थिए ।

‘उहाँ (ओली–प्रचण्ड) आफूमाथि आइपरेको संकट टार्ने उपायको खोजीमा हुनुहुन्थ्यो । प्रदेश सहकार्य त बाहना हो,’ ती नेताले भने ।

सहसंयोजक नेपाल सहमत नभएकाले शनिबारको हस्ताक्षरमा एकीकृत समाजवादीतर्फका कोही पनि नेता थिएनन् । प्रचण्डले वर्षमान पुन र महेन्द्रबहादुर शाहीलाई साक्षीका रूपमा उभ्याएका थिए । अध्यक्ष ओलीले उपाध्यक्ष पौडेललाई साक्षी राखेका थिए ।

यो सहमतिप्रति एमालेका नेताहरू पनि सन्तुष्ट छैनन् । 

उपमहासचिव योगेश भट्टराईले त छापामार शैलीमा सहमति गरिएको कटु टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जाल एक्सामार्फत एमाले र नेकपाबीचको तीन बुँदे सहमतिप्रति कटाक्ष गरेका हुन् ।

‘आ–आफ्ना पार्टीमा रडाको, छैन सहभागिता, छैन पारदर्शिता, नियत र प्रक्रियामा प्रश्नै प्रश्न, पटक/पटक उही गल्ती, जवाफदेहिता खै?,’ उनले कवितात्मक शैलीमा लेखेका छन् ।

सहमति हुँदा महासचिव शंकर पोखरेल पनि थिएनन् ।

सहमतिपछि एमालेभित्र मुख्यमन्त्रीको विषयलाई लिएर नयाँ विवाद सुरू भएको छ ।

ओलीले कोशीका मुख्यमन्त्री हिक्मत कार्कीलाई हटाउन चाहेका छन् । उनी ताप्लेजुङका तीलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउन चाहन्छन् ।

तर ओलीले कार्कीको विकल्प खोज्न सक्ने अवस्था छैन ।

महासचिव शंकर पोखरेलले कर्णालीका मुख्यमन्त्री यामलाल कँडेललाई निरन्तरता दिन चाहेका थिए । तर ओलीले उनको इच्छाविपरीत नेकपालाई दिने समझदारी गरेपछि दुई नेताबीच तिक्तता झन् झाँगिएको छ ।

ओलीले कोशीको मुख्यमन्त्री फेर्न चाहेपछि उपाध्यक्ष विष्णु पौडेलले लुम्बिनीको पनि मुख्यमन्त्री फेर्न चाहेका छन् । लुम्बिनीमा अहिले चेतनारायण आचार्य मुख्यमन्त्री छन् । महासचिव पोखरेलनिकट मानिएका उनी मुख्यमन्त्रीको पद जोगाउन पछिल्लो समय ओलीको पक्षमा खुलेका छन् ।

यता बागमतीको मुख्यमन्त्री कसलाई बनाउने भन्ने पनि विवाद छ । बागमती संदीय दल नेता जगन्नाथ थपलिया छन् । तर उनलाई हटाएर भक्तपुरका किरण थापालाई मुख्यमन्त्री बनाउन ओलीले भूमिका खेलिरहेको नेताहरू बताउँछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
धाप ड्याम कति जोखिममा, सरकारी अध्ययन टोलीले के निकाल्यो निष्कर्ष ?

धाप ड्याम कति जोखिममा, सरकारी अध्ययन टोलीले के निकाल्यो निष्कर्ष ?

लगातारको वर्षापछि ड्यामको उत्तरतर्फ, सिन्धुपाल्चोकको हैबुङतर्फ सडकमुनि पहिरो गएको छ। पहिरोका कारण सडक किनारमा बनाइएको ग्याबिन वाल भासिएको छ भने ह्युम पाइपको जोर्नीमा समेत क्षति पुगेको छ।
१५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेस सभापति थापाको आह्वान

१५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेस सभापति थापाको आह्वान

सभापति थापाले मंगलबार ‘हार्दिक आह्वान’ जारी गर्दै असोज ३ र ४ गते हुने वडा अधिवेशनमा सक्रियतापूर्वक सहभागी हुन कांग्रेसजनलाई आग्रह गरेका हुन्। उनका अनुसार १५औँ महाधिवेशन असोज १६...
सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन् ।
बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

अदालतले उनीहरूलाई हत्या तथा मानवताविरुद्धको अपराध र हत्याका लागि उक्साएको अभियोगमा दोषी ठहर गरेको हो। सजाय सुनाइएकामध्ये आवामी लिगका पूर्वमहासचिव ओबैदुल कादेर र पूर्वमन्त्री मोहम्मद अली अराफात रहेका  ...