नेभिगेशन
नेताका कुरा

महाधिवेशनकाे महिना दिनपछि पदाधिकारी मनोनीत गर्दै रास्वपा

काठमाडौँ । चितवनमा ७-१२ असारसम्म प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले एक महिनापछि पदाधिकारी र केन्द्रीय सदस्य मनोनीत गर्दैछ ।  

पदाधिकारी र केन्द्रीय सदस्य मनोनीत गर्न सभापति रबि लामिछानेले बुधबार केन्द्रीय समितिको दोस्रो बैठक बोलाएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

केन्द्रीय कार्यालयमा विहान ११ बजे बस्ने बैठकमा सभापति लामिछानेले मनोनीत गर्ने पदाधिकारी र केन्द्रीय सदस्यहरुको नाम प्रस्ताव गर्नेछन् । 

Ncell
Extreme Energy

चितवन महाधिवेशनबाट रास्वपाले सभापतिमा लामिछाने, उपसभापतिमा डा स्वर्णिम वाग्ले, सोविता गौतम, महामन्त्रीमा विपीन आचार्य, सहमहामन्त्रीमा हरि ढकाल, असिम शाह र निशा डाँगीलाई निर्वाचित गरेको छ । 

अब सभापतिले वरिष्ठ नेता, उपसभापति, महामन्त्री, सहमहामन्त्री दुई, कोषाध्यक्ष, सहकोषाध्यक्ष दुई, प्रवक्ता, सहप्रवक्ता तीन जना मनोनीत गर्न बाँकी छ । नेताहरुकाअनुसार सभापति लामिछाने कोषाध्यक्ष र प्रवक्ता मनोनीत गर्ने तयारीमा छन् । 

यसैगरी महाधिवेशनबाट ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । केन्द्रीय सभापति र प्रदेश सभापतिहरु पनि स्वत केन्द्रीय सदस्य चुनिएका छन् । १५८ सदस्यीय केन्द्रीय समितिमा अब सभापतिले ५१ जना केन्द्रीय सदस्य मनोनीत गर्न बाँकी छ । केन्द्रीय समितिको बुधबारको बैठकबाट केही केन्द्रीय सदस्य पनि मनोनीत गर्ने तयारी छ । 

महामन्त्री विपीन आचार्यले केही पदाधिकारी र केन्द्रीय सदस्य मनोनीत हुनसक्ने बताए । तर आफूलाई थप जानकारी नभएको उनको भनाइ छ । मनोनीत गर्दा समानुपातिक समावेशी सिद्धान्तलाई प्राथमिकता दिइने र समायोजन भएका पक्षलाई महत्त्व दिइने आचार्यले बताए । 

महामन्त्री आचार्यकाअनुसार केन्द्रीय समितिको दोस्रो बैठकमा प्रथम राष्ट्रिय महाधिवेशनको समग्र समीक्षा हुनेछ । यसैगरी आवश्यक कार्यविधिहरूको तर्जुमा तथा परिमार्जनका लागि छलफल हुनेछ । आगामी अभियान तथा कार्यक्रम सञ्चालन सम्बन्धमा पनि केन्द्रीय समितिले दिशानिर्देश गर्नेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
त्रिशूली–१ को टनेलबाट १३ शव निकालियो, बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको खोजी जारी

त्रिशूली–१ को टनेलबाट १३ शव निकालियो, बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको खोजी जारी

माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ टनेलमा फेला परेका १३ वटा शव हेलिकप्टरमार्फत त्रिशूली ल्याइएको छ। टनेलमा अझै खोज तथा उद्धार कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ।
यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान, प्रधानमन्त्री शाह मंगलबार जाँदै

यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान, प्रधानमन्त्री शाह मंगलबार जाँदै

संयुक्त राष्ट्रसंघ (यूएन) को ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली टोली आइतबार साँझ अमेरिकाको न्युयोर्क प्रस्थान गरेको छ।
‘बंगालको खाडीमा विकसित पानी पार्ने प्रणाली बलियो बन्दैछ, नेपालमा यसको असरबारे अहिले नै यकिन गर्न सकिँदैन’

‘बंगालको खाडीमा विकसित पानी पार्ने प्रणाली बलियो बन्दैछ, नेपालमा यसको असरबारे अहिले नै यकिन गर्न सकिँदैन’

बंगालको खाडीको पूर्वी भू–भागमा विकसित न्यून चापीय प्रणाली थप बलियो बन्दै पश्चिम–उत्तरपश्चिमतर्फ सर्ने प्रक्षेपण गरिएको छ। उक्त प्रणालीका कारण नेपालमा वर्षा हुने सम्भावना रहे पनि वर्षाको जोखिम र...
७३ जिल्लाका ६,१३२ वडामा भयो कांग्रेसको अधिवेशन

७३ जिल्लाका ६,१३२ वडामा भयो कांग्रेसको अधिवेशन

नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत वडा अधिवेशनको दोस्रो दिनसम्म देशभरका ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न भई वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधि चयन भएको कांग्रेसको केन्द्रीय...

भर्खरै