नेभिगेशन
नेताका कुरा

हामी सबै देश बनाउन आएको हो, गुटबन्दी नगरौं : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गुटबन्दी नगर्न केन्द्रीय सदस्यहरुलाई अपिल गरेका छन् । बुधबार करिब ५ घण्टा चलेको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरु समूहमा विभाजित भएर धारणा राखेपछि सभापति लामिछाने गुटबन्दी नगर्न आह्वान गरेका हुन् । 

सभापति लामिछानेले सबै जना देश बनाउने उद्देश्यले आएको भन्दै मिलेर जानुपर्नेमा जोड दिएका थिए । लामिछानेले महाधिवेशनमा पनि गुटबन्दीको प्रयास भएको र सतर्क हुनुपरेको बताए । वरिष्ठ नेता बालेन शाह पनि आफ्नै पक्ष भएको भन्दै रास्वपा एउटै परिवार र पक्ष भएकोमा उनले जोड दिए । 'हामी एउटै हो । सबै हामी देश बनाउन आएको हो । परिवर्तन गर्न आएको हो । मिलेर गर्नुपर्छ । सरकारलाई काम गर्न दिनुपर्छ । हामीले खबरदारी पनि गर्नुपर्छ । तर, गुटबन्दी नगरौं,' उनले भने । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सभापति लामिछानेले पदका लागि कोही सिंहदरबार, कोही बूढानीलकण्ठ त कोही बालुवाटार कुदेकोमा आफूलाई चित्त दुखेको पनि बताए । 'कोही कहाँ कुद्ने, कोही बालुवाटार धाउने, कति चित्त दुख्छ, त्यस्तो नगरौं,' उनले भने ।

Ncell
Extreme Energy

सभापति लामिछानेले महाधिवेशनमा भएका कमजोरीका लागि आफूलाई दोषी करार गर्न आग्रह गर्दै आफ्नै साथीहरुलाई छानबिनभन्दा पनि आगामी दिनमा सुधारेर जाने बताए । 'मैले कसरी आफ्नैलाई छानबिन गर्नू । बरु मलाई नै दोषी करार गर्नुस् । जे भयो भयो अब सुधारेर जाउ,' उनले भने । 

सबैले पदको मात्रै कुरा गरेकामा आफूलाई दुख लागेको उनले बताए । 'बालेनलाई १० वर्ष लेखेर दिनुपर्छ भने दिन्छु । तर गुटबन्दी र पदलोलुपता सबै साथीले त्यागौं,' उनले भने । 

सभापति लामिछानेले सर्वदलीय बैठक प्रधानमन्त्री बालेन्द्र शाहसँग सल्लाह गरेर राखेको पनि जानकारी गराएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
त्रिशूली–१ को टनेलबाट १३ शव निकालियो, बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको खोजी जारी

त्रिशूली–१ को टनेलबाट १३ शव निकालियो, बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको खोजी जारी

माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ टनेलमा फेला परेका १३ वटा शव हेलिकप्टरमार्फत त्रिशूली ल्याइएको छ। टनेलमा अझै खोज तथा उद्धार कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ।
यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान, प्रधानमन्त्री शाह मंगलबार जाँदै

यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान, प्रधानमन्त्री शाह मंगलबार जाँदै

संयुक्त राष्ट्रसंघ (यूएन) को ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली टोली आइतबार साँझ अमेरिकाको न्युयोर्क प्रस्थान गरेको छ।
‘बंगालको खाडीमा विकसित पानी पार्ने प्रणाली बलियो बन्दैछ, नेपालमा यसको असरबारे अहिले नै यकिन गर्न सकिँदैन’

‘बंगालको खाडीमा विकसित पानी पार्ने प्रणाली बलियो बन्दैछ, नेपालमा यसको असरबारे अहिले नै यकिन गर्न सकिँदैन’

बंगालको खाडीको पूर्वी भू–भागमा विकसित न्यून चापीय प्रणाली थप बलियो बन्दै पश्चिम–उत्तरपश्चिमतर्फ सर्ने प्रक्षेपण गरिएको छ। उक्त प्रणालीका कारण नेपालमा वर्षा हुने सम्भावना रहे पनि वर्षाको जोखिम र...
७३ जिल्लाका ६,१३२ वडामा भयो कांग्रेसको अधिवेशन

७३ जिल्लाका ६,१३२ वडामा भयो कांग्रेसको अधिवेशन

नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत वडा अधिवेशनको दोस्रो दिनसम्म देशभरका ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न भई वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधि चयन भएको कांग्रेसको केन्द्रीय...

भर्खरै