नेभिगेशन
समाज

हिमपहिरोमा परेर निर्मल पुर्जासहित १० आरोही सम्पर्कविहीन

काठमाडौँ । विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जाको नेतृत्वमा रहेको १० सदस्यीय अन्तर्राष्ट्रिय पर्वतारोहण टोली पाकिस्तानको ब्रड पिकमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका छन् । 

पाकिस्तानी पर्वतारोहण अधिकारीहरूका अनुसार बिहीबार दिउँसो करिब १२ बजेतिर काराकोरम हिमश्रृंखलामा अवस्थित ८,०४७ मिटर अग्लो ब्रड पिकमा हिमपहिरो गएको थियो । त्यसपछि टोलीसँग कुनै सम्पर्क हुन सकेको छैन । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिबिसीका अनुसार उक्त टोलीमा एक अमेरिकी, एक चिनियाँ नागरिक, एक ओमानी र पाँच नेपाली पर्वतारोही छन् । उद्धार टोलीले हेलिकप्टरमार्फत खोजी कार्य सुरु गरेको छ । जसमा सिरबाज खानजस्ता अनुभवी पर्वतारोहीहरूले पाइलटहरूलाई मार्गदर्शन गरिरहेका छन् । 

Marvel
Extreme Energy

ब्रड पिकलाई चुनौतीपूर्ण हिमालहरूमध्ये एक मानिन्छ र यो विश्वको १२औँ अग्लो शिखर हो।

पाकिस्तानको अल्पाइन क्लबले जारी गरेको वक्तव्यमा सरकारसँग निरन्तर सम्पर्कमा रहँदै तत्काल खोज तथा उद्धार अभियान सुरु गर्न पहल भइरहेको जनाएको छ ।

क्लबले हेलिकप्टर सहयोग सुनिश्चित गर्न र उपलब्ध सबै स्रोतहरू यथाशीघ्र परिचालन गर्न सम्भव सबै प्रयास भइरहेको उल्लेख गरेको छ।

“यस कठिन समयमा सबै पर्वतारोहीहरूको सुरक्षा र सफल उद्धारको कामना गर्दै उनीहरूका परिवार तथा अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायसँग ऐक्यबद्धता जनाउँछौँ,” वक्तव्यमा भनिएको छ ।

टोलीका नेता पुर्जा सन् २०१९ मा मात्र छ महिनाभन्दा अलि बढी समयमै विश्वका ८,००० मिटरभन्दा अग्ला सबै १४ हिमाल आरोहण गरेर चर्चित बनेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
'मेरो हात सफा छ, नैतिक धरातल कमजोर छैन'

'मेरो हात सफा छ, नैतिक धरातल कमजोर छैन'

नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा आफूले कुनै आर्थिक लेनदेन वा अनैतिक काम नगरेको दाबी गरेका छन्।
आधिकारिकताको लडाइँमा एक रुपैयाँ पनि लेनदेन भएको छैन : गगन थापा

आधिकारिकताको लडाइँमा एक रुपैयाँ पनि लेनदेन भएको छैन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा कुनै आर्थिक लेनदेन वा अनुचित काम नभएको दाबी गरेका छन् ।
लुम्बिनीलाई कङ्क्रिटको सहर होइन, शान्ति र आध्यात्मिक आनन्दको केन्द्र बनाउने चुनौती

लुम्बिनीलाई कङ्क्रिटको सहर होइन, शान्ति र आध्यात्मिक आनन्दको केन्द्र बनाउने चुनौती

लुम्बिनी विकास कोषमा नयाँ नेतृत्व आएसँगै बुद्ध जन्मस्थल लुम्बिनीको विकासलाई अब कुन दिशामा अघि बढाउने भन्ने बहस सुरु भएको छ। वर्षौंदेखि अधुरो रहेको गुरुयोजना पूरा गर्ने, रोकिएका आयोजना...