नेभिगेशन
मुख्य समाचार

निम्स दाइको निधनमा अन्नपूर्ण गाउँपालिकामा सोमबार शोक बिदा

काठमाडौँ । पाकिस्तानस्थित ब्रड पिक (८,०४७ मिटर) हिमाल आरोहणका क्रममा भीषण हिमपहिरोमा परी कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’सहित ६ जना नेपाली आरोहीको निधन भएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले सोमबार शोक बिदा दिने निर्णय गरेको छ ।

अन्नपूर्ण गाउँपालिका–२ दानाका स्थायी बासिन्दा रहेका पुर्जाको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै गाउँपालिकाले साउन १८ गते सोमबार अत्यावश्यक सेवाबाहेकका सबै कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था तथा सामुदायिक विद्यालयमा शोक बिदा दिने निर्णय गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गाउँपालिका अध्यक्ष भरतकुमार पुनद्वारा जारी सूचनामा पुर्जाको असामयिक निधनले गाउँपालिका परिवार, म्याग्दीवासी तथा समग्र नेपालीलाई स्तब्ध र मर्माहत बनाएको उल्लेख छ ।

Ncell
Extreme Energy

सूचनामा नेपालको पर्वतारोहण क्षेत्रलाई विश्वसामु नयाँ उचाइमा पुर्‍याउन, नेपाली पर्वतारोहीको पहिचान र गौरवलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न तथा साहस, नेतृत्व र समर्पणको अनुपम उदाहरण प्रस्तुत गर्न निर्मल पुर्जाले पु¥याएको योगदान सदैव स्मरणीय रहने उल्लेख गरिएको छ ।

गाउँपालिकाले उनको निधनले नेपाल मात्र नभई विश्व पर्वतारोहण समुदायले समेत अपूरणीय क्षति व्यहोरेको जनाएको छ। साथै, शोकसन्तप्त परिवार, आफन्त तथा शुभेच्छुकप्रति गहिरो समवेदना व्यक्त गर्दै दिवंगत आत्माहरूको चिरशान्तिको कामना गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
एसियन गेम्स खेल्ने क्रिकेट टोलीको बिदाइ

एसियन गेम्स खेल्ने क्रिकेट टोलीको बिदाइ

एसियन गेम्समा सहभागी हुन जापान जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ ।
प्रतिनिधि बन्न कांग्रेसका नेताहरू आ–आफ्नो वडामा

प्रतिनिधि बन्न कांग्रेसका नेताहरू आ–आफ्नो वडामा

कांग्रेसले यसपालि स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था हटाएको छ । केन्द्रीय समितिका सभापति, पदाधिकारी र सदस्यसहित सबै तहका नेताहरु तल्लो तहबाटै छानिँदै महाधिवेशन प्रतिनिधि चुनिनुपर्ने छ ।