नेभिगेशन
मुख्य समाचार

गोलबजार क्षेत्रमा जारी कर्फ्यु साँझ ७ बजेपछि हटाइने

जनकपुरधाम । सिराहाको गोलबजार क्षेत्रमा जारी गरिएको कर्फ्यु हटाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय सिराहाले आज सूचना जारी गर्दै स्थानीय सुरक्षा अवस्थाको विश्लेषणका आधारमा गोलबजार नगरपालिका क्षेत्रभित्र लागू गरिएको कर्फ्यु आदेश आज राती ७ बजेदेखि हटाइने जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा हस्ताक्षरित सूचनामा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी गरिएको कर्फ्यु आदेश २०८३ साउन १७ गते राति ७ः०० बजेदेखि हटाइने उल्लेख छ । गोलबजार क्षेत्रमा पछिल्लो केही दिनदेखि उत्पन्न तनाव र सुरक्षा चुनौतीलाई ध्यानमा राखी प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो । सुरक्षा अवस्था सामान्य बन्दै गएको निष्कर्षपछि कर्फ्यु हटाउने निर्णय गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
आज राति यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

आज राति यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

आज राति देशका विभिन्न क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले सतर्क रहन आग्रह गरेको छ।
१४ पसल जलेर नष्ट भएको गोठाटारको आगलागी (तस्बिरहरू)

१४ पसल जलेर नष्ट भएको गोठाटारको आगलागी (तस्बिरहरू)

काठमाडौं महानगरपालिका–३२ गोठाटारस्थित पहेलोपुल नजिक शनिबार राति भएको भीषण आगलागीमा १४ वटा पसल जलेर नष्ट भएका छन्।
कल बाइसपासमा संलग्न चार जना परे पक्राउ

कल बाइसपासमा संलग्न चार जना परे पक्राउ

अवैधरूपमा अन्तरराष्ट्रिय कल बाइपास (भिओआइपी) मा संलग्न चार जना पक्राउ परेका छन् ।
हात्तीको आक्रमणबाट १६ वर्षमा गयो ८० जनाको  ज्यान

हात्तीको आक्रमणबाट १६ वर्षमा गयो ८० जनाको ज्यान

झापामा मानव–हात्ती द्वन्द्व वर्षेनि बढ्दै गएको छ। पछिल्लो १६ वर्षमा जङ्गली हात्तीको आक्रमणबाट ८० जनाले ज्यान गुमाएका छन्। डिभिजन वन कार्यालय भद्रपुरका अनुसार यही अवधिमा मानिससँगको द्वन्द्वमा २८...