नेभिगेशन
उद्यम

१४ पसल जलेर नष्ट भएको गोठाटारको आगलागी (तस्बिरहरू)

काठमाडौं । काठमाडौं महानगरपालिका–३२ गोठाटारस्थित पहेलोपुल नजिक शनिबार राति भएको भीषण आगलागीमा १४ वटा पसल जलेर नष्ट भएका छन्।

प्रहरीका अनुसार राति करिब ९ः१५ बजे रवीन्द्र भट्टराईले सञ्चालन गरेको काठको गोदाम तथा सटरमा विद्युत् सर्ट भएर आगलागी सुरु भएको थियो। आगो तीव्र रूपमा फैलिँदा फर्निचर, मोबाइल, कस्मेटिक, हेल्मेट, अटो पार्ट्स, हार्डवेयर, किराना, स्टेशनरी र मिठाइलगायतका व्यवसाय सञ्चालन भइरहेका १४ वटा पसल पूर्ण रूपमा जलेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

घटनापछि सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीय बासिन्दा आगो नियन्त्रणमा जुटेका थिए। ९ वटा दमकल र ३ वटा पानी ट्याङ्कीको सहायताले करिब दुई घण्टापछि राति ११ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको प्रहरीले जनाएको छ।

Marvel
Extreme Energy

आगलागीबाट मानवीय क्षति भने नभएको जनाइएको छ। यद्यपि व्यवसायिक सामग्री पूर्ण रूपमा नष्ट भएकाले करोडौं रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। क्षतिको यकिन विवरण संकलन गर्ने र आगलागीको कारणबारे थप अनुसन्धान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।

प्रस्तुत तस्बिरहरू आगलागी भएको घटनाको भोलिपल्ट आइतबार खिचिएका हुन्, जसमा आगलागीले छाडेको क्षतिको दृश्य देख्न सकिन्छ।

Gothatar-Aaglagi_NPL-(16)-1785674845.jpeg

Gothatar-Aaglagi_NPL-(15)-1785674845.jpeg

Gothatar-Aaglagi_NPL-(12)-1785674759.jpeg

Gothatar-Aaglagi_NPL-(1)-1785674760.jpeg

Gothatar-Aaglagi_NPL-(4)-1785674761.jpeg

Gothatar-Aaglagi_NPL-(4)-1785674761.jpeg

Gothatar-Aaglagi_NPL-(2)-1785674761.jpeg

Gothatar-Aaglagi_NPL-(5)-1785674762.jpeg

Gothatar-Aaglagi_NPL-(7)-1785674763.jpeg

Gothatar-Aaglagi_NPL-(6)-1785674763.jpeg

Gothatar-Aaglagi_NPL-(10)-1785674765.jpeg

Gothatar-Aaglagi_NPL-(3)-1785674765.jpeg

Gothatar-Aaglagi_NPL-(8)-1785674764.jpeg

Gothatar-Aaglagi_NPL-(9)-1785674764.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप उद्यम
'मेरो हात सफा छ, नैतिक धरातल कमजोर छैन'

'मेरो हात सफा छ, नैतिक धरातल कमजोर छैन'

नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा आफूले कुनै आर्थिक लेनदेन वा अनैतिक काम नगरेको दाबी गरेका छन्।
आधिकारिकताको लडाइँमा एक रुपैयाँ पनि लेनदेन भएको छैन : गगन थापा

आधिकारिकताको लडाइँमा एक रुपैयाँ पनि लेनदेन भएको छैन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा कुनै आर्थिक लेनदेन वा अनुचित काम नभएको दाबी गरेका छन् ।
लुम्बिनीलाई कङ्क्रिटको सहर होइन, शान्ति र आध्यात्मिक आनन्दको केन्द्र बनाउने चुनौती

लुम्बिनीलाई कङ्क्रिटको सहर होइन, शान्ति र आध्यात्मिक आनन्दको केन्द्र बनाउने चुनौती

लुम्बिनी विकास कोषमा नयाँ नेतृत्व आएसँगै बुद्ध जन्मस्थल लुम्बिनीको विकासलाई अब कुन दिशामा अघि बढाउने भन्ने बहस सुरु भएको छ। वर्षौंदेखि अधुरो रहेको गुरुयोजना पूरा गर्ने, रोकिएका आयोजना...