नेभिगेशन
समाज

ब्रोड पिक हिमाल चढ्नुअघि 'निम्स दाइ'ले पूर्वाधार मन्त्री सुनिल लम्साललाई सुनाएको आफ्नो त्यो सपना

काठमाडौँ । पाकिस्तानको काराकोरम क्षेत्रस्थित ‘ब्रोड पिक’ हिमालमा बिहीबार गएको हिमपहिरोमा परेर निधन भएका प्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जालाई पूर्वाधारमन्त्री सुनिल लम्सालले उनको सपनासँग जोडेर सम्झिएका छन् । 

निर्मल पुर्जाले सुनाएको त्यो सपना मन्त्री लम्सालले स्मरण गर्दै श्रद्धाञ्जली दिएका छन् । मन्त्री लम्सालकाअनुसार निर्मल पुर्जाले सगरमाथामा वर्षभरि नै पर्यटक सुरक्षित रूपमा पुग्न सक्ने पूर्वाधार निर्माण गर्नुपर्ने बताएका थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौंलाई सगरमाथासँग जोड्ने सुरक्षित सडक निर्माण गर्नुपर्ने दृष्टकोण मन्त्री लम्सालसँग राखेका थिए । 

Ncell
Extreme Energy


यसरी सम्झिए मन्त्री लम्सालले...

निम्सदाइ, हजुर पाकिस्तान जानुअघि मेरो कार्यकक्षमा आउनुभएको थियो। त्यतिबेला हजुरले भन्नुभएको थियो, “नेपालमा विदेशी लगानी भित्र्याउने वातावरण बनाउ। नेपालमा साहसिक खेलकुद पर्यटन तथा पर्वतीय पर्यटनको विषयमा” अपार सम्भावना छ र सम्भावनाबारे विस्तारमा बताउनुभएको थियो।

हजुरले सगरमाथा क्षेत्रमा अफ–सिजनमा हेलिकोप्टरमार्फत पुग्नसमेत कठिन हुने अवस्था रहेको उल्लेख गर्दै, पर्यटक वर्षभरि नै सुरक्षित रूपमा पुग्न सक्ने पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको थियो। साथै, काठमाडौंलाई सगरमाथासँग जोड्ने सुरक्षित सडक निर्माण गर्नुपर्ने हजुरको स्पष्ट दृष्टिकोण थियो।

हजुरले देख्नुभएको त्यही दूरदर्शी सोचलाई आत्मसात् गर्दै नेपाल सरकार काठमाडौं–सगरमाथा जोड्ने सुरक्षित सडक निर्माणको दिशामा समेत अघि बढ्नेछ। हजुरले देखाउनुभएको समृद्ध, सहज र विश्वस्तरीय पर्यटन गन्तव्य बनाउने सपना साकार पार्न हामी प्रतिबद्ध छौं। 

आज हजुर शारीरिक रूपमा हामीबीच नहुनु भए पनि, हजुरले देख्नुभएको र देखाउनुभएको सम्भावनालाई मध्यनजर गर्दै नेपाल सरकारले लगानीमैत्री वातावरण निर्माण गर्न निरन्तर काम गरिरहेको छ।

हजुरले देख्नुभएको सपना पूरा गर्ने हाम्रो प्रतिबद्धता सधैं रहनेछ।

अलविदा दाइ। हार्दिक श्रद्धाञ्जली।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नारायणगढ–मुग्लिन सडकमा पहिरो,  यातायात सेवा प्रभावित

नारायणगढ–मुग्लिन सडकमा पहिरो,  यातायात सेवा प्रभावित

नारायणगढ–मुग्लिन सडकखण्डको नाम्सी नयाँ पुलमा आज बिहान ढुङ्गा खस्दा यातायात सेवा प्रभावित भएको छ ।
चारवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा

चारवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा

आज चारवटा संसदीय समितिको बैठक बस्दैछ ।
राष्ट्रिय सभाको बैठक बस्दै, प्रधानमन्त्रीले मधेसी आयोगको प्रतिवेदन पेस गर्ने कार्यसूची

राष्ट्रिय सभाको बैठक बस्दै, प्रधानमन्त्रीले मधेसी आयोगको प्रतिवेदन पेस गर्ने कार्यसूची

संघीय संसद् राष्ट्रिय सभाको बैठक आज बस्दैछ ।
रोल्पामा भूकम्प

रोल्पामा भूकम्प

रोल्पामा भूकम्पको धक्का महसुस गरिएको छ ।