नेभिगेशन
समाज

अस्पतालमा नर्सहरुको प्रदर्शन

काठमाडौँ । विभिन्न माग राख्दै आन्दोलनरत नर्सहरुले आज काठमाडौंमा प्रदर्शन गरेका छन् ।

नर्सिङ क्षेत्रका सुधारका लागि नर्स ज्योति रानाभाटले जारी राखेको आमरण अनशनको पाँचौँ दिन नर्सहरुले काठमाडौंको वीर अस्पतालमा प्रदर्शन गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनीहरुले न्यूनतम पारिश्रमिकको सुनिश्चिता, श्रमशोषणको अन्त्य लगाएतका १५ बुँदे माग राखेका छन् । उनीहरुले १५ बुँदे माग पुरा गर, ज्योतिको जीवन बचाऊ, न्यायमा ढिलाइ जीवनमा जोखिम, नर्सिङ सुधारको स्पष्ट रोड म्याप, नर्स बचाऔं स्वास्थ्य बचाऔँ लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

Ncell
Extreme Energy

आमरण अनशनरत ज्योतिसँग वार्ता गर्न स्वास्थ्य मन्त्रालयले वार्ता टोली बनाए पनि वार्ता भने हुन सकेको छैन । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मनास्लुमा ७ फिट हिउँमा पुरिएर विदेशी आरोही र शेर्पा गाइडको मृत्यु

मनास्लुमा ७ फिट हिउँमा पुरिएर विदेशी आरोही र शेर्पा गाइडको मृत्यु

विश्वको आठौं अग्लो हिमाल मनास्लुमा हिमपहिरोमा परी एक विदेशी आरोही र उनका शेर्पा गाइडको मृत्यु भएको पुष्टि भएको छ। क्याम्प–३ स्थित टेन्टमा करिब सात फिट बाक्लो हिउँले पुरिएको...
सुरू भयो एमाले सचिवालय बैठक

सुरू भयो एमाले सचिवालय बैठक

नेकपा एमाले सचिवालय बैठक सुरू भएको छ। सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसिरहेको हो।
एमाले कार्यदलका बहुमत नेता यी तीन विषयमा, माइन्युट लेख्न बाँकी

एमाले कार्यदलका बहुमत नेता यी तीन विषयमा, माइन्युट लेख्न बाँकी

नेकपा एमाले पुनर्गठन कार्यदलका सदस्य तीन विषयमा साझा धारणामा पुगेका छन्। एक नेताले दिएको जानकारी अनुसार आइतबार बिहानबाट सुरू भएको कार्यदल बैठकमा बहुमत सदस्य १३ वटा समूहबाट आएका...