नेभिगेशन
समाज

कोशी एमालेमा विवादः हिक्मतको अडानपछि शेरधनले बोलाए भेला

विराटनगर । कोशी प्रदेशमा तीलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने एमाले अध्यक्ष केपी शर्मा ओलीको योजनामा हिक्मतकुमार कार्की बाधक बनेपछि पार्टी सचिवसमेत कोशी प्रदेश इन्चार्ज शेरधन राईले विराटनगरमा प्रदेशसभा सदस्यहरुको भेला बोलाएका छन् ।

प्रदेश इन्चार्ज राईको आह्वानमा अहिले केहीबेरमा कोशी प्रदेशसभामा एमालेका सांसदहरूको भेला पार्टी कार्यालयमा सुरू हुँदैछ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गत साता एमालेका शीर्ष नेताहरूका बीचमा कोशीको मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई नै निरन्तरता दिने सहमति भएको भए पनि अध्यक्ष ओलीले नै तिलकुमारलाई मुख्यमन्त्री बनाउने जिम्मेवारीसहित सचिव राईलाई विराटनगर पठाएका थिए ।

Ncell
Extreme Energy

राईले हिजो नै कार्कीसँग अध्यक्ष ओलीको सन्देशसहित छलफल गरेका थिए । मुख्यमन्त्रीबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्न कार्कीलाई राईले आग्रह गरेका थिए । राई र कार्की दुवै जना एमाले केन्द्रीय कमिटीका सचिव हुन् । 
कार्कीले ‘आफूले राजीनामा नदिने, राजीनामा दिए संवैधानिक संकट आउने र आफूलाई सामान्य बहुमतले समेत संसदीय दलको नेताबाट हटाउन नसकिने’ बताएपछि राईले नयाँ रणनीति तय गर्न प्रदेश सभा सदस्यहरुको भेला बोलाएका हुन् ।

आजको भेलामा विशेषगरी संसदीय दलको विधान संशोधनका विषयमा छलफल हुन सक्ने एक नेताले बताए ।

यसअघि मुख्यमन्त्रीका दाबेदार तीलकुमार मेन्याङ्बोले ‘कार्कीले विधानमा झेल’ गरेको बताएका थिए ।

कोशीमा एमालेका ४० सांसद छन् । सबैलाई बोलाइएको भने पनि कार्की पक्षका सांसदहरू सहभागी नहुन सक्ने बताइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
राष्ट्रियसभा अध्यक्षले यसरी गरे नेपाल–चीन सम्बन्धको व्याख्या

राष्ट्रियसभा अध्यक्षले यसरी गरे नेपाल–चीन सम्बन्धको व्याख्या

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले नेपाल र चीनबीचको सम्बन्ध हजारौँ वर्ष पुरानो रहेको बताएका छन् ।
अमेरिकामा कांग्रेस महाधिवेशन प्रतिनिधि छनोटमा प्रश्न

अमेरिकामा कांग्रेस महाधिवेशन प्रतिनिधि छनोटमा प्रश्न

नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा अमेरिकास्थित नेपाली जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य छनोटको विषय विवादमा परेको छ।
माथिल्लो त्रिशूली–१ को सुरुङबाट निकालियो ६ शव

माथिल्लो त्रिशूली–१ को सुरुङबाट निकालियो ६ शव

माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाको सुरुङबाट ६ जनाको शव निकालिएको छ ।
नापजाँच सकिएको ९ वर्षपछि धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

नापजाँच सकिएको ९ वर्षपछि धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका स्थानीय ३८८ परिवारले अब आफ्नो जग्गामाथिको कानुनी स्वामित्व औपचारिक रूपमा प्राप्त गरेका हुन्।