नेभिगेशन
मुख्य समाचार

मधेशमा बढ्दो तनावप्रति एमालेको चिन्ता, सरकारको भूमिकामाथि प्रचार प्रमुखको प्रश्न

काठमाडौं । नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले मधेशमा देखिएको सामाजिक तनावप्रति सरकारको भूमिकामाथि प्रश्न उठाएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै आचार्यले मधेशमा विकसित भइरहेको सामाजिक तनाव कुनै आकस्मिक घटना नभई सत्ताधारी दलका नेताहरूका अभिव्यक्ति र गृहमन्त्रीले विभिन्न संघ–संस्थासँग गरेको अपारदर्शी सहमतिका कारण परिस्थिति थप जटिल बनेको बताएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले संवेदनशील विषयमा दीर्घकालीन समाधान खोज्नुको सट्टा राजनीतिक लाभ–हानिलाई केन्द्रमा राखेर सहमति गर्ने र उत्तेजक अभिव्यक्ति दिने प्रवृत्तिले सामाजिक सद्भावमा नकारात्मक असर परेको उल्लेख गरेका छन्।

Ncell
Extreme Energy

आचार्यले राज्यको प्रमुख दायित्व शान्ति, सद्भाव र विधिको शासन कायम गर्नु भएको स्मरण गराउँदै शान्ति–सुरक्षा कायम गर्न सरकार असफल भएको आरोप लगाएका छन्। अशान्ति फैलाउने तत्त्वलाई प्रश्रय पुग्ने गतिविधि भइरहेको भन्दै उनले यसले सरकार र सत्ताधारी दलको नियतमाथि नै गम्भीर प्रश्न उठाएको बताएका छन्।

मधेशको सामाजिक सद्भाव जोगाउन आरोप–प्रत्यारोपभन्दा निष्पक्ष, पारदर्शी र ठोस सरकारी कदम आवश्यक रहेको उनको भनाइ छ। उनले कुनै पनि बहानामा सामाजिक सद्भाव बिथोल्ने वा हिंसा भड्काउने प्रयास नगर्न सबै पक्षसँग आग्रह गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल र मङ्गोलियाका पूर्वप्रधानमन्त्री जन्दानशातारबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र मङ्गोलियाका पूर्वप्रधानमन्त्री जन्दानशातारबीच भेटवार्ता

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा आज भएको भेटवार्तामा उनीहरुबीच नेपाल र मङ्गोलियाबीचको द्विपक्षीय सम्बन्ध, भूराजनीतिक समानता, विकास, व्यापार, साझेदारी तथा बौद्ध मूल्य–मान्यताका क्षेत्रमा सहकार्यका सम्भावनाबारे छलफल भएको मन्त्रालयले जनाएको छ...
पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध, पहिरो पन्छाउने क्रममा एक्साभेटर पुरियो

पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध, पहिरो पन्छाउने क्रममा एक्साभेटर पुरियो

“पहिरो पन्छाउने क्रममा थप पहिरो खस्दा एक्साभेटर पनि पुरिएको छ । अहिले सडक पूर्ण रूपमा अवरूद्ध छ”, उनले भने, “पहिरो हटाउन सुरु गरिएको छ, ठूलो पहिरो गएकाले यातायात...
मध्यपहाडी लोकमार्गमा बस र कार ठोक्किँदा कार सुनकोशीमा खस्यो, तीन जना बेपत्ता

मध्यपहाडी लोकमार्गमा बस र कार ठोक्किँदा कार सुनकोशीमा खस्यो, तीन जना बेपत्ता

सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी लोकमार्गमा सोमबार बस र कार एकापसमा ठोक्किँदा कार सुनकोशी नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् ।
किन पक्राउ परे परराष्ट्रका सहसचिव पुष्पराज भट्टराई ?

किन पक्राउ परे परराष्ट्रका सहसचिव पुष्पराज भट्टराई ?

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन् ।