नेभिगेशन
मुख्य समाचार

मध्यपहाडी लोकमार्गमा बस र कार ठोक्किँदा कार सुनकोशीमा खस्यो, तीन जना बेपत्ता

सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी लोकमार्गमा सोमबार बस र कार एकापसमा ठोक्किँदा कार सुनकोशी नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् ।

प्रहरीका अनुसार बिहान करिब ११ः४५ बजे काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको बा.प्र.०८–००१ ख ०१४४ नम्बरको बसले विपरीत दिशाबाट खोटाङतर्फबाट खुर्कोट आउँदै गरेको सडक विभाग यान्त्रिक कार्यालय मुलकोटको नम्बर नखुलेको कारलाई ठक्कर दिएको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ठक्करपछि कार सडकबाट करिब ५० फिट तल सुनकोशी नदीमा खसेको प्रहरीले जनाएको छ ।

Ncell
Extreme Energy

दुर्घटनामा कार चालक सिन्धुपाल्चोकका करिब ३९ वर्षीय दिलकुमार लामा, स्काभेटर चालक सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ का करिब २७÷२८ वर्षीय गणेश थापा तथा नाम, थर र ठेगाना नखुलेका एक जना सहयोगी (हेल्पर) बेपत्ता भएका छन् । उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

बस चालक सिन्धुलीको फिक्कल गाउँपालिका–६ का २६ वर्षीय हेमबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बसलाई समेत नियन्त्रणमा लिएर प्रहरी चौकी खाङसाङमा राखिएको छ ।

प्रहरीका अनुसार बेपत्ता व्यक्तिहरू तथा नदीमा खसेको कारको खोजीका लागि उद्धार टोली परिचालन गरिएको छ । दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
राष्ट्रपतिले के सोधे ? बालेनले के जवाफ दिए ?

राष्ट्रपतिले के सोधे ? बालेनले के जवाफ दिए ?

प्रधानमन्त्रीलाई पहिलो पटक ‘ब्रिफिङ’का लागि शीतलनिवास डाकेका राष्ट्रपति पौडेलले सुरुमै यस्तो प्रश्न गर्लान् भनेर सायद बालेनले पनि सोचेका थिएनन् । स्रोतका अनुसार, राष्ट्रपतिले सुरुमै यो प्रश्न सोधेपछि प्रधानमन्त्री...
सरकारले भन्यो– होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीलाई सीप तालिमसहित रोजगारीमा जोड्छौं

सरकारले भन्यो– होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीलाई सीप तालिमसहित रोजगारीमा जोड्छौं

होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीलाई सीप विकास तालिम प्रदान गरी रोजगारीमा आबद्ध गर्ने तयारी गरिएको छ ।
सबै पालिकामा मिसन पार्टी जागरण अभियान सुरु गर्न एमाले महासचिव पोखरेलको निर्देशन

सबै पालिकामा मिसन पार्टी जागरण अभियान सुरु गर्न एमाले महासचिव पोखरेलको निर्देशन

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले ‘मिसन पार्टी जागरण’लाई पार्टी पुनर्जागरण र संगठन सुदृढीकरणको महत्वपूर्ण अभियानका रूपमा अघि बढाउन सबै पालिकामा तत्काल अभियान सुरु गर्न निर्देशन दिएका छन् ।