नेभिगेशन
मुख्य समाचार

सरकारले भन्यो– होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीलाई सीप तालिमसहित रोजगारीमा जोड्छौं

काठमाडौं । होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीलाई सीप विकास तालिम प्रदान गरी रोजगारीमा आबद्ध गर्ने तयारी गरिएको छ ।

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको अध्यक्षतामा सोमबार बसेको बैठकले विभिन्न होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीलाई उनीहरूको सीप र रुचिअनुसार तालिम दिएर रोजगारीमा जोड्ने प्रक्रिया तत्काल अघि बढाउने निर्णय गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बैठकमा भक्तपुरको खरिपाटी, बोडे र चाँगुनारायण, काठमाडौंको रानीवन तथा काभ्रेपलाञ्चोकको बनेपास्थित होल्डिङ सेन्टरमा रहेका १२५ जना सुकुम्बासीमाथि गरिएको रोजगारी तथा तालिम आवश्यकता मूल्याङ्कनको नतिजामाथि छलफल भएको थियो ।

Marvel
Extreme Energy

मूल्याङ्कनका क्रममा सरसफाइ, माली, सुरक्षा गार्ड, हाउसकिपिङ, ड्राइभिङ, पेन्टिङ तथा साना व्यवसाय सञ्चालनलगायत क्षेत्रमा काम गर्न इच्छुक व्यक्तिहरू पहिचान गरिएको छ । उनीहरूलाई आवश्यक सीप विकास तालिम प्रदान गरी उपयुक्त रोजगारीका अवसरसँग आबद्ध गराउने निर्णय भएको बैठकले जनाएको छ ।

यसका लागि पूर्वाधार विकास मन्त्रालय, सडक विभाग र औद्योगिक व्यवसाय विकास प्रतिष्ठानसँग समन्वय गरी तालिम प्रदायक संस्थामार्फत प्रशिक्षण सञ्चालन गर्ने तथा रोजगारीका लागि आवश्यक प्रक्रिया तत्काल अघि बढाइने जनाइएको छ ।

बैठकमा मन्त्री रामजी यादवले सुकुम्बासीलाई रोजगारी उपलब्ध गराउने विषयलाई सबै सम्बन्धित निकायले उच्च प्राथमिकतामा राखेर प्रभावकारी पहल गर्नुपर्ने बताएका थिए ।

बैठकमा युवा, श्रम तथा रोजगार मन्त्रालयका सहसचिव हेमराज तामाङ, पूर्वाधार विकास मन्त्रालयका उपसचिव महेशबहादुर थिङ, सडक विभागका उपमहानिर्देशक श्यामबहादुर खड्का, औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका निमित्त कार्यकारी निर्देशक मणिराम गौतम तथा अव्यवस्थित बसोबास तथा सुकुम्बासी समस्या समाधान समितिका अध्यक्ष आनन्द भाटलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
'मेरो हात सफा छ, नैतिक धरातल कमजोर छैन'

'मेरो हात सफा छ, नैतिक धरातल कमजोर छैन'

नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा आफूले कुनै आर्थिक लेनदेन वा अनैतिक काम नगरेको दाबी गरेका छन्।
आधिकारिकताको लडाइँमा एक रुपैयाँ पनि लेनदेन भएको छैन : गगन थापा

आधिकारिकताको लडाइँमा एक रुपैयाँ पनि लेनदेन भएको छैन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा कुनै आर्थिक लेनदेन वा अनुचित काम नभएको दाबी गरेका छन् ।
लुम्बिनीलाई कङ्क्रिटको सहर होइन, शान्ति र आध्यात्मिक आनन्दको केन्द्र बनाउने चुनौती

लुम्बिनीलाई कङ्क्रिटको सहर होइन, शान्ति र आध्यात्मिक आनन्दको केन्द्र बनाउने चुनौती

लुम्बिनी विकास कोषमा नयाँ नेतृत्व आएसँगै बुद्ध जन्मस्थल लुम्बिनीको विकासलाई अब कुन दिशामा अघि बढाउने भन्ने बहस सुरु भएको छ। वर्षौंदेखि अधुरो रहेको गुरुयोजना पूरा गर्ने, रोकिएका आयोजना...