नेभिगेशन
मुख्य समाचार

कोशी प्रदेशमा देखिएको विवादबारे के भन्छन् शेरधन राई ?

काठमाडौं  । नेकपा (एमाले) का केन्द्रीय सचिव शेरधन राईले कोशी प्रदेश सरकारको नेतृत्व परिवर्तन सम्बन्धी विषय पार्टीको आन्तरिक व्यवस्थापनको हिस्सा भएकाले पार्टीको निर्णय र अध्यक्षको निर्देशनअनुसार नै अघि बढ्ने बताएका छन् ।

आइतबार विराटनगरमा एमाले कोशी प्रदेश कमिटी र संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै राईले पार्टीभित्र देखिएका जटिलता छलफलमार्फत छिट्टै समाधान हुने विश्वास व्यक्त गरे ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘हामी पार्टीको निर्णय, निर्देशन र आदेशअनुसार चल्छौँ । पार्टी पनि त्यसैगरी चल्छ र संसदीय दल पनि त्यही प्रक्रियामा अघि बढ्छ,’ उनले भने, ‘अहिले केही आन्तरिक विषयमा छलफल भइरहेको छ । ती सबै विषयको छिट्टै समाधान गरेर प्रदेशलाई सहमतिका साथ अघि बढाउँछौँ ।’

Ncell
Extreme Energy

एमाले अध्यक्ष केपी शर्मा ओलीले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाएर तिलकुमार मेन्याङ्बोको नेतृत्वमा नयाँ सरकार गठन गर्ने तयारीस्वरूप राईलाई विराटनगर पठाएको एमालेका नेताहरूको दाबी छ । शनिबार राईले मुख्यमन्त्री कार्कीसँग भेटेर राजीनामा दिन आग्रह गरेका थिए । तर कार्कीले यस्तो निर्णय पार्टी कमिटी र संस्थागत ढंगबाट हुनुपर्ने अडान राखेका थिए । यसैबीच सचिव राईले मुख्मन्त्री फेर्ने विषयमा त्यहाँका सांसदहरूसँग पनि छलफल गरेका थिए ।

राईले नेतृत्व परिवर्तनलाई व्यक्तिगत विवादका रूपमा नभई पार्टीको आन्तरिक व्यवस्थापनको विषयका रूपमा बुझ्न आग्रह गरे । उनले मुख्यमन्त्री कार्कीसँग तीन दशकभन्दा लामो सहकार्य रहेको उल्लेख गर्दै संवादबाट समाधान निकालिने बताए ।

‘हाम्रो बीचमा कुनै वैचारिक वा सैद्धान्तिक मतभेद छैन । ३२ वर्षदेखि एउटै पार्टी र विभिन्न जिम्मेवारीमा सँगै काम गरेका छौँ । म मुख्यमन्त्री हुँदा उहाँ आन्तरिक मामिला मन्त्री हुनुहुन्थ्यो, अहिले उहाँ मुख्यमन्त्री हुनुहुन्छ,’ उनले भने, ‘यो व्यक्तिगत द्वन्द्व होइन, पार्टीभित्रको व्यवस्थापनको विषय मात्र हो ।’

उनले पार्टीभित्र भएको तीनबुँदे सहमति र अध्यक्षको निर्देशनअनुसार नै आगामी प्रक्रिया अघि बढ्ने स्पष्ट पारे ।

राईले वर्तमान कोशी प्रदेश सरकार नेपालको संविधानको धारा १६८ को उपधारा (५) अनुसार गठन भएको स्मरण गराउँदै अबको सरकार गठन प्रक्रिया पनि सोही संवैधानिक व्यवस्थाअनुसार हुने बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
कोशीका मुख्यमन्त्री कार्की र पार्टी अध्यक्ष खतिवडालाई काठमाडौँ आउन ओलीको निर्देशन

कोशीका मुख्यमन्त्री कार्की र पार्टी अध्यक्ष खतिवडालाई काठमाडौँ आउन ओलीको निर्देशन

कार्कीलाई हटाएर ताप्लेजुङका प्रदेश सांसद  तिलकुमार मेन्याङ्बोलाई कोशी प्रदेशको मुख्यमन्त्री बनाउन खोजेका अध्यक्ष ओलीले विराटनगरमा कुनै प्रगति नभएपछि कार्की र खतिवडालाई काठमाडौँ डाकेका हुन् ।
राष्ट्रपतिले के सोधे ? बालेनले के जवाफ दिए ?

राष्ट्रपतिले के सोधे ? बालेनले के जवाफ दिए ?

प्रधानमन्त्रीलाई पहिलो पटक ‘ब्रिफिङ’का लागि शीतलनिवास डाकेका राष्ट्रपति पौडेलले सुरुमै यस्तो प्रश्न गर्लान् भनेर सायद बालेनले पनि सोचेका थिएनन् । स्रोतका अनुसार, राष्ट्रपतिले सुरुमै यो प्रश्न सोधेपछि प्रधानमन्त्री...
सरकारले भन्यो– होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीलाई सीप तालिमसहित रोजगारीमा जोड्छौं

सरकारले भन्यो– होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीलाई सीप तालिमसहित रोजगारीमा जोड्छौं

होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीलाई सीप विकास तालिम प्रदान गरी रोजगारीमा आबद्ध गर्ने तयारी गरिएको छ ।
सबै पालिकामा मिसन पार्टी जागरण अभियान सुरु गर्न एमाले महासचिव पोखरेलको निर्देशन

सबै पालिकामा मिसन पार्टी जागरण अभियान सुरु गर्न एमाले महासचिव पोखरेलको निर्देशन

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले ‘मिसन पार्टी जागरण’लाई पार्टी पुनर्जागरण र संगठन सुदृढीकरणको महत्वपूर्ण अभियानका रूपमा अघि बढाउन सबै पालिकामा तत्काल अभियान सुरु गर्न निर्देशन दिएका छन् ।

भर्खरै