नेभिगेशन
समाज

कोशीका मुख्यमन्त्री कार्की र पार्टी अध्यक्ष खतिवडालाई काठमाडौँ आउन ओलीको निर्देशन

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा नयाँ मुख्यमन्त्री चयनमा पार्टीभित्रै विवाद बढिरहेका बेला मुख्यमन्त्री हिक्मत कार्की र एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडालाई भोलि (मंगलबार) सम्म काठमाडौँ आउन निर्देशन दिएका हुन् ।

कार्कीलाई हटाएर ताप्लेजुङका प्रदेश सांसद  तिलकुमार मेन्याङ्बोलाई कोशी प्रदेशको मुख्यमन्त्री बनाउन खोजेका अध्यक्ष ओलीले विराटनगरमा कुनै प्रगति नभएपछि कार्की र खतिवडालाई काठमाडौँ डाकेका हुन् । 
एमाले स्रोतका अनुसार, अध्यक्ष ओली दुवै जनालाई भोलि दिउँसोसम्म आउन भनेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ओली, कार्की र खतिवडाबीच भक्तपुरको गुण्डुस्थित ओली निवासमै छलफल गराउने तयारी छ ।

Ncell
Extreme Energy

ओलीले आफ्नो प्रतिनिधिका रुपमा पार्टी सचिव एवम् पूर्वमुख्यमन्त्री शेरधन राईलाई विराटनगर पठाएका थिए । राईले कार्कीलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न अध्यक्षका तर्फबाट आग्रह गरे पनि कार्कीले उक्त आग्रह अस्वीकार गरेपछि विवाद बढेको हो ।

गत साता एमालेका चार शीर्ष नेता अध्यक्ष ओली, उपाध्यक्ष रामबहादुर थापा र विष्णु पौडेल तथा महासचिव शंकर पोखरेलका बीचमा कोशीमा कार्कीलाई निरन्तरता दिने सहमति भएको थियो । तर, उक्त सहमतिविपरीत ओलीले मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउन खोजेपछि सिंगो एमाले तरंगित छ ।

कार्कीले आफूले मुख्यमन्त्री छाड्नुपर्ने भए पार्टी सचिवालयले लिखित रुपमा निर्णय गर्नुपर्ने शर्त राखेका छन् ।

तर, ओलीले भने लिखित निर्देशन नदिई मौखिक निर्देशन मात्र दिइरहेका छन् ।

भोलिको छलफलमा महासचिव शंकर पोखरेल भने सहभागी हुने छैनन् । पोखरेल पूर्वनिर्धारित कार्यक्रम अनुसार दाङ जाने छन् ।

एमालेमा कोशी प्रदेशका मुख्यमन्त्री कार्की र प्रदेश अध्यक्ष खतिवडा दुवै जना अध्यक्ष ओली पक्षधर हुन् । तर, पछिल्लो समय ओली र कार्की टाढिँदै गएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
राष्ट्रियसभा अध्यक्षले यसरी गरे नेपाल–चीन सम्बन्धको व्याख्या

राष्ट्रियसभा अध्यक्षले यसरी गरे नेपाल–चीन सम्बन्धको व्याख्या

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले नेपाल र चीनबीचको सम्बन्ध हजारौँ वर्ष पुरानो रहेको बताएका छन् ।
अमेरिकामा कांग्रेस महाधिवेशन प्रतिनिधि छनोटमा प्रश्न

अमेरिकामा कांग्रेस महाधिवेशन प्रतिनिधि छनोटमा प्रश्न

नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा अमेरिकास्थित नेपाली जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य छनोटको विषय विवादमा परेको छ।
माथिल्लो त्रिशूली–१ को सुरुङबाट निकालियो ६ शव

माथिल्लो त्रिशूली–१ को सुरुङबाट निकालियो ६ शव

माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाको सुरुङबाट ६ जनाको शव निकालिएको छ ।
नापजाँच सकिएको ९ वर्षपछि धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

नापजाँच सकिएको ९ वर्षपछि धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका स्थानीय ३८८ परिवारले अब आफ्नो जग्गामाथिको कानुनी स्वामित्व औपचारिक रूपमा प्राप्त गरेका हुन्।