नेभिगेशन
मुख्य समाचार

सुदूरपश्चिममा बिहीबारसम्म बदली र मध्यम वर्षाको सम्भावना

सुदूरपश्चिम । हाल कैलालीको धनगढीलगायत सुदूरपश्चिमका धेरैजसो स्थानमा मनसुनी वर्षा भइरहेको छ । पछिल्लो ६ घण्टामा बेलौरीको शान्तिपुरमा ५३.४, गाइबन्देमा ४३.८ मिलिमिटर वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाका अनुसार आज र बिहीबारसम्म प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यमदेखि वर्षा हुने सम्भावना रहेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कार्यालय प्रमुख इन्जिनियर सञ्जयकुमार साहले आगामी बिहीबारसम्म सामान्यतया मौसम बदली रही तराई तथा पहाडी क्षेत्रमा मध्यम र हिमाली क्षेत्रमा हल्का वर्षा हुने पूर्वानुमान रहेको बताए ।

Ncell
Extreme Energy

‘लगातार भन्दा पनि बिहीबारसम्म छिनछिनमा पानी पर्ने र घाम लाग्ने हुनसक्छ । यस अवधिमा प्रदेशका सबै तराई, पहाड र हिमाली क्षेत्रमा मौसम बदली भइरहने अनुमान छ, तर भारी वर्षाको सम्भावना कमै छ,’ उनले भने, ‘तथापि नदी तटीय क्षेत्र, डुबान हुने होचा स्थानमा बस्ने नागरिकले विशेष सतर्कता अपनाउन आवश्यक छ ।’

उनका अनुसार आज दिउँसो प्रदेशका हिमाली क्षेत्रमा साधारणतया बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

पहाडी क्षेत्रमा भने साधारणतया बदली रही धेरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । तराई क्षेत्रमा साधारणतया बदली हुने र केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

हिमाली क्षेत्रमा आज राति साधारणतया बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने र पहाडी क्षेत्रमा साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम  र तराई क्षेत्रमा साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागद्वारा जारी बुलेटिनमा उल्लेख छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
कोशीका मुख्यमन्त्री परिवर्तनको बहानामा पार्टीभित्र रडाको मच्चाइयो : योगेश भट्टराई

कोशीका मुख्यमन्त्री परिवर्तनको बहानामा पार्टीभित्र रडाको मच्चाइयो : योगेश भट्टराई

नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले कोशी प्रदेशका मुख्यमन्त्री परिवर्तनको विषयलाई लिएर पार्टी नेतृत्वको निर्णय प्रक्रियामाथि सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन् ।
ज्यान जोखिममा परेका दुई सुत्केरीको हवाई उद्धार

ज्यान जोखिममा परेका दुई सुत्केरीको हवाई उद्धार

दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका दुई महिलाको निःशुल्क हवाई उद्धार गरी विशेषज्ञ उपचारका लागि अस्पताल पुर्‍याइएको छ।
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले २० वाणिज्य बैंकका सिइओसँग छलफल गर्दै

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले २० वाणिज्य बैंकका सिइओसँग छलफल गर्दै

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आज २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरूसँग छलफल गर्दै छन् ।
अध्यक्ष ओलीले कोशीका मुख्यमन्त्री कार्कीसहितका नेतासँग छलफल गर्दै

अध्यक्ष ओलीले कोशीका मुख्यमन्त्री कार्कीसहितका नेतासँग छलफल गर्दै

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की र पार्टी प्रदेश अध्यक्ष घनश्याम खतिवडासँग छलफल गर्दैछन् ।