नेभिगेशन
मुख्य समाचार

ज्यान जोखिममा परेका दुई सुत्केरीको हवाई उद्धार

काठमाडौं । दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका दुई प्रसूति महिलाको निःशुल्क हवाई उद्धार गरी विशेषज्ञ उपचारका लागि अस्पताल पुर्‍याइएको छ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित राष्ट्रिय महिला सशक्तीकरण परियोजनामार्फत सङ्खुवासभा र जुम्लाका दुई महिलाको उद्धार गरिएको मन्त्रालयले जनाएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्त्रालयका अनुसार साउन १७ गते सङ्खुवासभा खाँदबारी नगरपालिका–१ निवासी ३३ वर्षीया प्रभा ढुङ्गानाले शिशु जन्माएपछि अत्यधिक रक्तस्राव भई स्वास्थ्य अवस्था गम्भीर बनेको थियो। चिकित्सकको सिफारिसपछि उनलाई तत्काल हवाई उद्धार गरी काठमाडौंस्थित परोपकार स्त्री तथा प्रसूति गृह, थापाथलीमा ल्याइएको छ। हाल उनको विशेषज्ञ चिकित्सकको निगरानीमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

Ncell
Extreme Energy

त्यस्तै, साउन १८ गते जुम्लाको चन्दननाथ नगरपालिका निवासी २८ वर्षीया काशीकला धरलाको गर्भमै शिशुको मृत्यु भएपछि स्वास्थ्य अवस्था जटिल बनेको थियो। चिकित्सकको सिफारिसअनुसार उनको पनि हवाई उद्धार गरी सुर्खेत प्रदेश अस्पतालमा भर्ना गरिएको छ, जहाँ विशेषज्ञ उपचार भइरहेको छ।

मन्त्रालयले दुर्गम तथा विकट क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती र सुत्केरी महिलालाई समयमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले राष्ट्रिय महिला सशक्तीकरण परियोजनामार्फत निःशुल्क हवाई उद्धार सेवा सञ्चालन गर्दै आएको जनाएको छ।

यस सेवाले आकस्मिक अवस्थामा जीवनरक्षक स्वास्थ्य सेवामा पहुँच विस्तार गर्नुका साथै मातृ मृत्युदर न्यूनीकरण, सुरक्षित मातृत्व प्रवर्द्धन र दुर्गम क्षेत्रका महिलाको जीवनरक्षामा महत्वपूर्ण योगदान पुर्‍याइरहेको मन्त्रालयको भनाइ छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
कोशीका मुख्यमन्त्री परिवर्तनको बहानामा पार्टीभित्र रडाको मच्चाइयो : योगेश भट्टराई

कोशीका मुख्यमन्त्री परिवर्तनको बहानामा पार्टीभित्र रडाको मच्चाइयो : योगेश भट्टराई

नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले कोशी प्रदेशका मुख्यमन्त्री परिवर्तनको विषयलाई लिएर पार्टी नेतृत्वको निर्णय प्रक्रियामाथि सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन् ।
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले २० वाणिज्य बैंकका सिइओसँग छलफल गर्दै

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले २० वाणिज्य बैंकका सिइओसँग छलफल गर्दै

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आज २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरूसँग छलफल गर्दै छन् ।
सुदूरपश्चिममा बिहीबारसम्म बदली र मध्यम वर्षाको सम्भावना

सुदूरपश्चिममा बिहीबारसम्म बदली र मध्यम वर्षाको सम्भावना

हाल कैलालीको धनगढीलगायत सुदूरपश्चिमका धेरैजसो स्थानमा मनसुनी वर्षा भइरहेको छ । पछिल्लो ६ घण्टामा बेलौरीको शान्तिपुरमा ५३.४, गाइबन्देमा ४३.८ मिलिमिटर वर्षा भएको छ ।
अध्यक्ष ओलीले कोशीका मुख्यमन्त्री कार्कीसहितका नेतासँग छलफल गर्दै

अध्यक्ष ओलीले कोशीका मुख्यमन्त्री कार्कीसहितका नेतासँग छलफल गर्दै

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की र पार्टी प्रदेश अध्यक्ष घनश्याम खतिवडासँग छलफल गर्दैछन् ।