नेभिगेशन
समाज

सुदूरपश्चिमका सांसदहरुसँग बालेनले भने– सरकारको काम संसदमार्फत जनतालाई जानकारी गराउँछु

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सरकारले कामबारे सदनमार्फत जनतालाई गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आज सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूसँगको भेटमा प्रधानमन्त्री बालेनले सरकारले सुशासनका क्षेत्रमा गरेका कामको संसद्मार्फत जनतालाई जानकारी गराउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रधानमन्त्रीको सचिवालयले जनाएअनुसार, प्रधानमन्त्रीसँगको भेटमा सांसदहरूले सरकारले सुशासनका क्षेत्रमा गरेका कामको प्रशंसा गरेका थिए भने प्रधानमन्त्रीले ती उपलब्धिबारे संसद्मार्फत जनतालाई जानकारी गराउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

Ncell
Extreme Energy

प्रधानमन्त्रीसँगको भेटमा सांसदहरुले आफ्ना निर्वाचन क्षेत्रसँग सम्बन्धित विभिन्न विकास आयोजना तथा स्थानीय समस्याबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

प्रधानमन्त्रीसँगको भेटमा ताराप्रसाद जोशी, खेमराज कोइराला, हरिमोहन भण्डारी, जनकसिंह धामी, कोमल ज्ञवाली, ज्ञानेन्द्र महता, जगत जोशी र केपी खनाललगायत सांसदहरूको सहभागिता थियो ।

चैत १३ गते प्रधानमन्त्री नियुक्त बालेनले हालसम्म एक पटक मात्रै संसदमा सम्बोधन गरेका छन् । गत जेठ १७ मा बालेनले पहिलोपटक सांसदहरुका प्रश्नको जवाफ दिएका थिए ।  
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मनास्लुमा ७ फिट हिउँमा पुरिएर विदेशी आरोही र शेर्पा गाइडको मृत्यु

मनास्लुमा ७ फिट हिउँमा पुरिएर विदेशी आरोही र शेर्पा गाइडको मृत्यु

विश्वको आठौं अग्लो हिमाल मनास्लुमा हिमपहिरोमा परी एक विदेशी आरोही र उनका शेर्पा गाइडको मृत्यु भएको पुष्टि भएको छ। क्याम्प–३ स्थित टेन्टमा करिब सात फिट बाक्लो हिउँले पुरिएको...
सुरू भयो एमाले सचिवालय बैठक

सुरू भयो एमाले सचिवालय बैठक

नेकपा एमाले सचिवालय बैठक सुरू भएको छ। सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसिरहेको हो।
एमाले कार्यदलका बहुमत नेता यी तीन विषयमा, माइन्युट लेख्न बाँकी

एमाले कार्यदलका बहुमत नेता यी तीन विषयमा, माइन्युट लेख्न बाँकी

नेकपा एमाले पुनर्गठन कार्यदलका सदस्य तीन विषयमा साझा धारणामा पुगेका छन्। एक नेताले दिएको जानकारी अनुसार आइतबार बिहानबाट सुरू भएको कार्यदल बैठकमा बहुमत सदस्य १३ वटा समूहबाट आएका...