नेभिगेशन
समाज

सभामुखसँग ईयू राजदूत लोरेन्जोको बिदाइ भेट

काठमाडौँ । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि युरोपेली संघकी राजदूत भेरोनिक लोरेन्जोले बिदाइ भेट गरेकी छन् ।

संघीय संसद् सचिवालय, सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटवार्तामा नेपाल–युरोपेली संघ सम्बन्ध, संसदीय सहयोग, आर्थिक साझेदारी, विकास सहकार्य तथा आपसी हितका विविध विषयमा विचार–विमर्श भएको थियो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भेटका क्रममा सभामुख अर्यालले सन् २०१३ देखि नेपाल युरोपेली संघको हवाई सुरक्षा सूचीमा समावेश रहँदै आएको उल्लेख गर्दै उक्त सूचीबाट नेपाललाई हटाउने विषय नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको बताए । यस प्रक्रियामा युरोपेली संघको निरन्तर सहयोग र सकारात्मक समर्थनको अपेक्षा रहेको पनि उनले उल्लेख गरे । 

Ncell
Extreme Energy

सभामुख अर्यालले नेपाल सरकारले सुशासन, भ्रष्टाचार नियन्त्रण, पारदर्शिता तथा प्रभावकारी सार्वजनिक सेवा प्रवाहलाई प्राथमिकतामा राखी अघि बढिरहेको उल्लेख गर्दै रोजगारी सिर्जना, पूर्वाधार विकास, द्रुत आर्थिक वृद्धि तथा प्रतिव्यक्ति आय वृद्धिलाई सरकारका प्रमुख प्राथमिकताका रूपमा अघि बढाइएको पनि बताए ।

सभामुख अर्यालले नेपाल–युरोपेली संघ संयुक्त आयोगका नियमित बैठकहरूले द्विपक्षीय सहयोगका विविध क्षेत्रको समीक्षा तथा सहकार्य विस्तारका लागि महत्वपूर्ण संयन्त्रका रूपमा भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे । उनले विभिन्न तहमा भएका उच्चस्तरीय भ्रमण तथा भेटघाटको आदानप्रदानले नेपाल–युरोपेली संघ सम्बन्धलाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको पनि स्मरण गरे ।

भेटमा राजदूत लोरेन्जोले नेपालमा आफ्नो कार्यकालका दौरान नेपाल सरकार, संघीय संसद् तथा नेपाली जनताबाट प्राप्त सहयोग र सद्भावप्रति आभार व्यक्त गर्दै नेपाल र युरोपेली संघबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा पनि अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गरिन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मनास्लुमा ७ फिट हिउँमा पुरिएर विदेशी आरोही र शेर्पा गाइडको मृत्यु

मनास्लुमा ७ फिट हिउँमा पुरिएर विदेशी आरोही र शेर्पा गाइडको मृत्यु

विश्वको आठौं अग्लो हिमाल मनास्लुमा हिमपहिरोमा परी एक विदेशी आरोही र उनका शेर्पा गाइडको मृत्यु भएको पुष्टि भएको छ। क्याम्प–३ स्थित टेन्टमा करिब सात फिट बाक्लो हिउँले पुरिएको...
सुरू भयो एमाले सचिवालय बैठक

सुरू भयो एमाले सचिवालय बैठक

नेकपा एमाले सचिवालय बैठक सुरू भएको छ। सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसिरहेको हो।
एमाले कार्यदलका बहुमत नेता यी तीन विषयमा, माइन्युट लेख्न बाँकी

एमाले कार्यदलका बहुमत नेता यी तीन विषयमा, माइन्युट लेख्न बाँकी

नेकपा एमाले पुनर्गठन कार्यदलका सदस्य तीन विषयमा साझा धारणामा पुगेका छन्। एक नेताले दिएको जानकारी अनुसार आइतबार बिहानबाट सुरू भएको कार्यदल बैठकमा बहुमत सदस्य १३ वटा समूहबाट आएका...