नेभिगेशन
मुख्य समाचार

हानेपा सरकारमा, बागमतीमा सत्ता समीकरण थप पेचिलो

काठमाडौं । हाम्रो नेपाली पार्टी (हानेपा) का शैलेन्द्रमान बज्राचार्य बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त भएका छन् । बागमती प्रदेश प्रमुख कार्यालयका सूचना अधिकारी अर्जुन आचार्यका अनुसार बज्राचार्य मन्त्री नियुक्त भएर शपथ ग्रहणको प्रक्रिया अघि बढेको छ ।
बागमतीमा एमाले–नेकपा गठबन्धनमार्फत नयाँ सरकार गठनको तयारी भइरहेका बेला मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हानेपालाई सरकारमा सहभागी गराएका हुन् ।

यसअघि भौतिक पूर्वाधार विकास मन्त्री रहेकी बिनु रायमाझी पौडेलले पदबाट राजीनामा दिएकी छन् । मुख्यमन्त्री बानियाँको निर्देशनमा उनको राजीनामा गराएर रिक्त भएको मन्त्रालय हानेपालाई दिइएको स्रोतको दाबी छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हानेपा कांग्रेस नेतृत्वको सरकारमा सहभागी भएपछि बागमतीको सत्ता समीकरण थप रोचक बनेको छ । एमाले र नेकपाले सरकार गठनका लागि राप्रपाको समर्थन नपाए हानेपासँग सहकार्य गर्ने विकल्प खुला राखेका थिए । तर हानेपा कांग्रेस नेतृत्वको सरकारमै सहभागी भएपछि त्यो सम्भावना तत्कालका लागि टरेको देखिएको छ ।

Marvel
Extreme Energy

बागमती प्रदेशसभामा हानेपाका दुई सांसद छन् । १०४ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ । एमाले र नेकपाबीच भएको सत्ता साझेदारी सहमतिअनुसार बागमतीमा एमालेको नेतृत्वमा सरकार गठन गर्ने तयारी भइरहेको छ । अहिलेको घटनाक्रमले भने सरकार गठनको अंकगणित र राजनीतिक रणनीतिमा नयाँ मोड थपिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
'मेरो हात सफा छ, नैतिक धरातल कमजोर छैन'

'मेरो हात सफा छ, नैतिक धरातल कमजोर छैन'

नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा आफूले कुनै आर्थिक लेनदेन वा अनैतिक काम नगरेको दाबी गरेका छन्।
आधिकारिकताको लडाइँमा एक रुपैयाँ पनि लेनदेन भएको छैन : गगन थापा

आधिकारिकताको लडाइँमा एक रुपैयाँ पनि लेनदेन भएको छैन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा कुनै आर्थिक लेनदेन वा अनुचित काम नभएको दाबी गरेका छन् ।
लुम्बिनीलाई कङ्क्रिटको सहर होइन, शान्ति र आध्यात्मिक आनन्दको केन्द्र बनाउने चुनौती

लुम्बिनीलाई कङ्क्रिटको सहर होइन, शान्ति र आध्यात्मिक आनन्दको केन्द्र बनाउने चुनौती

लुम्बिनी विकास कोषमा नयाँ नेतृत्व आएसँगै बुद्ध जन्मस्थल लुम्बिनीको विकासलाई अब कुन दिशामा अघि बढाउने भन्ने बहस सुरु भएको छ। वर्षौंदेखि अधुरो रहेको गुरुयोजना पूरा गर्ने, रोकिएका आयोजना...