नेभिगेशन
मुख्य समाचार

मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु


जनकपुरधाम । हुलाकी राजमार्गअन्तर्गत सप्तरीको महदेवा गाउँपालिका–१ चिमटीमा मोटरसाइक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । 

पकरीबाट गएराति बथनाहातर्फ जाँदै गरेको स ०१–००६ प २४९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई कल्भर्टमा ठोक्किर दुर्घटना हुँदा मोटरसाइकल चालक स्थानीय ३५ वर्षीय सन्तोष राम र पछाडि सवार ४५ वर्षीय शंकर रामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले जानकारी दिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दुर्घटनामा गम्भीर घाइते दुवै जनालाई उपचारको लागि राजविराजस्थित छिन्नमस्ता अस्पतालमा ल्याएकामा सन्तोषलाई तत्काल चिकित्सकले मृत घोषणा गरेको थियो । घाइते शङ्करलाई थप उपचारको लागि विराटनगरस्थित गोल्डेन अस्पताल लगेकोमा उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक घिमिरेले बताए ।

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बालेन र सेनाबीचको सम्बन्ध चिसिएको हो ?

बालेन र सेनाबीचको सम्बन्ध चिसिएको हो ?

पर्खाल जसरी भत्काइयो त्यसले भने सरकार र सेनाका बीचमा नयाँ पर्खाल ठडियो ।
रास्वपा सांसदले सदन  ‘बंक’ हानेपछि सचेतकको यस्तो ह्विप

रास्वपा सांसदले सदन  ‘बंक’ हानेपछि सचेतकको यस्तो ह्विप

प्रतिनिधि सभामा खाली कुर्सी देखेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचेतक प्रकाशचन्द्र परियारले ह्विप जारी गर्दै सदनभित्र प्रवेश गर्न भनेका छन् ।
मन्त्रालयले देशकेन्द्रित कूटनीतिक रणनीति बनाउँदै छ– परराष्ट्रमन्त्री खनाल

मन्त्रालयले देशकेन्द्रित कूटनीतिक रणनीति बनाउँदै छ– परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र मन्त्रालयले देश–केन्द्रित रणनीतिक कार्ययोजना निर्माणको काम अघि बढाइरहेको बताएका छन् ।