नेभिगेशन
मुख्य समाचार

गुण्डु घटनाबारे महेशको प्रष्टीकरण– जेएन बोल्दाबोल्दै गला अवरूद्ध भएको हो, ढलेको होइन

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले बागमती संसदीय दल नेता जगन्नाथ थपलिया ढलेकोबारे प्रष्टीकरण दिएका छन् ।

सचिव बस्नेतले सोमबार राति अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा आफ्नो धारणा राख्ने क्रममा थपलिया केही भावुक हुँदा गला अवरुद्ध भएको र सामान्य स्वास्थ्य असहजता देखिएको बताएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘आज केही सञ्चारमाध्यमले अध्यक्ष निवासमा भएको छलफललाई लिएर संसदीय दलका नेता जगन्नाथ थपलियाबारे भ्रामक समाचार सम्प्रेषण गरेका छन् । छलफलका क्रममा आफ्नो धारणा राख्ने क्रममा उहाँ केही भावुक हुँदा गला अवरुद्ध भएको र सामान्य स्वास्थ्य असहजता देखिएको अवस्थालाई तोडमोड गरेर प्रचार गरिएको हो । यसलाई अनावश्यक रूपमा अतिरञ्जित नगर्न र यस्ता भ्रामक समाचारप्रति विश्वास नगर्न सबैमा हार्दिक अनुरोध गर्दछु,’ उनले भनेका छन् ।

Ncell
Extreme Energy

बागमती प्रदेश सरकार निर्माणका विषयमा नेकपा (एमाले) र नेकपाबीच भएको सहमतिअनुसार प्रदेशका सांसदहरू र पार्टी नेतृत्वबीच निरन्तर आन्तरिक छलफल भइरहेको उनले बताएका छन् । एमालेको पहिलो प्राथमिकता सहमतिमै पार्टीको नेतृत्वमा सरकार गठन गर्ने भएको र यदि सहमति जुट्न सकेन भने संसदीय दलको भावना र लोकतान्त्रिक प्रक्रियाअनुसार निर्णय गरिने उनको भनाइ छ ।

‘एमाले र नेकपा मिल्दा पनि प्रदेश सभामा बहुमतका लागि अझै ३ सिट आवश्यक पर्ने अवस्था छ । त्यसैले सबै पक्षलाई समेटेर स्थायी र जिम्मेवार सरकार निर्माणका लागि पार्टी अध्यक्षलगायत शीर्ष नेतृत्वले आवश्यक पहल र निर्देशन गरिरहनुभएको छ। बागमती प्रदेश सरकार निर्माणको प्रक्रिया सहमति, लोकतान्त्रिक मूल्य–मान्यता र आवश्यक परे संसदीय प्रक्रियाअनुसार नै निष्कर्षमा पुग्नेछ । अफवाहभन्दा तथ्यमा विश्वास गरौं,’ उनले भनेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बालेन र सेनाबीचको सम्बन्ध चिसिएको हो ?

बालेन र सेनाबीचको सम्बन्ध चिसिएको हो ?

पर्खाल जसरी भत्काइयो त्यसले भने सरकार र सेनाका बीचमा नयाँ पर्खाल ठडियो ।
रास्वपा सांसदले सदन  ‘बंक’ हानेपछि सचेतकको यस्तो ह्विप

रास्वपा सांसदले सदन  ‘बंक’ हानेपछि सचेतकको यस्तो ह्विप

प्रतिनिधि सभामा खाली कुर्सी देखेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचेतक प्रकाशचन्द्र परियारले ह्विप जारी गर्दै सदनभित्र प्रवेश गर्न भनेका छन् ।
मन्त्रालयले देशकेन्द्रित कूटनीतिक रणनीति बनाउँदै छ– परराष्ट्रमन्त्री खनाल

मन्त्रालयले देशकेन्द्रित कूटनीतिक रणनीति बनाउँदै छ– परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र मन्त्रालयले देश–केन्द्रित रणनीतिक कार्ययोजना निर्माणको काम अघि बढाइरहेको बताएका छन् ।