नेभिगेशन
मुख्य समाचार

किरणको पक्षमा ओली पक्षले कति पुर्‍यायो हस्ताक्षर ?

काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीलाई लिएर नेकपा एमालेभित्र विवाद चरमउत्कर्षमा पुगेको छ ।

प्रदेश संसदीय दल नेता जगन्नाथ थपलियाविरूद्ध पार्टी प्रदेश इन्चार्ज महेश बस्नेतले बहुमत हस्ताक्षर जुटाउन लागेका छन् । उनले प्रदेश सभा सदस्य किरण थापामगरको पक्षमा बहुमत जुटाइरहेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

एक सांसदका अनुसार किरण थापामगरको पक्षमा १४ सांसदको हस्ताक्षर जुटेको छ । प्रदेश सभामा एमालेका २५ सांसद छन् । दल नेता फेर्न १३ सांसद आवश्यक पर्छ ।

Marvel
Extreme Energy

आवश्यक संख्या पुगिसकेकाले अध्यक्ष ओलीले सोमबार राति दल नेता थपलियालाई बोलाएर हप्कीदप्की गरेको सांसदहरूले आरोप लगाएका छन् ।

‘अध्यक्ष ओली सुरूदेखि नै थपलिया हटाउने पक्षमा हुनुहुन्थ्यो । त्यसमा महेशले साथ दिइरहेका छन् । केही दिनअघि महेशकै अग्रसरतामा गराइएको हस्ताक्षरमा १४ जनाले हस्ताक्षर गरेका रहेछन्,’ ती सांसदले भने ।

उनका अनुसार केही सांसदले छलफलका लागि बोलाएर कागजमा सही गराएको भन्दै फिर्ता लिने बताएका थिए । अहिले उनीहरू पनि होल्ड छन् ।

११० सदस्यीय प्रदेश सभामा हाल १०४ कायम छन् । सरकार बनाउन ५३ जना सांसद आवश्यक पर्छ । प्रदेश सभाको दोस्रो ठूलो दल नेकपासँग २६ सांसद छन् । एमालेसँग २५ सांसद छन् ।

काठमाडौं ९(२) बाट निर्वाचित प्रदेश सभा सदस्य केशव पोखरेलका अनुसार सरकार गठनका लागि गठबन्धनको मत नपुग्ने भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीसँग छलफल भइरहेको छ । राप्रपासँग १२ सांसद छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
'मेरो हात सफा छ, नैतिक धरातल कमजोर छैन'

'मेरो हात सफा छ, नैतिक धरातल कमजोर छैन'

नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा आफूले कुनै आर्थिक लेनदेन वा अनैतिक काम नगरेको दाबी गरेका छन्।
आधिकारिकताको लडाइँमा एक रुपैयाँ पनि लेनदेन भएको छैन : गगन थापा

आधिकारिकताको लडाइँमा एक रुपैयाँ पनि लेनदेन भएको छैन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा कुनै आर्थिक लेनदेन वा अनुचित काम नभएको दाबी गरेका छन् ।
लुम्बिनीलाई कङ्क्रिटको सहर होइन, शान्ति र आध्यात्मिक आनन्दको केन्द्र बनाउने चुनौती

लुम्बिनीलाई कङ्क्रिटको सहर होइन, शान्ति र आध्यात्मिक आनन्दको केन्द्र बनाउने चुनौती

लुम्बिनी विकास कोषमा नयाँ नेतृत्व आएसँगै बुद्ध जन्मस्थल लुम्बिनीको विकासलाई अब कुन दिशामा अघि बढाउने भन्ने बहस सुरु भएको छ। वर्षौंदेखि अधुरो रहेको गुरुयोजना पूरा गर्ने, रोकिएका आयोजना...