नेभिगेशन
मुख्य समाचार

मन्त्रालयले देशकेन्द्रित कूटनीतिक रणनीति बनाउँदै छ– परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र मन्त्रालयले देशकेन्द्रित रणनीतिक कार्ययोजना निर्माणको काम अघि बढाइरहेको बताएका छन् ।

मंगलबार परराष्ट्र मन्त्रालयमा आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमड्याक) बैठकलाई सम्बोधन गर्दै मन्त्री खनालले मन्त्रालयका विभिन्न महाशाखाले द्विपक्षीय सम्बन्धलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित रणनीतिक कार्ययोजना तयार गरिरहेको जानकारी दिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनका अनुसार रणनीतिले नेपालले सम्बन्धित मुलुकसँगको सम्बन्धबाट अधिकतम लाभ लिन सक्ने आधार तयार गर्नेछ । 'द्विपक्षीय रणनीतिलाई बलियो बनाउने गरी काम भइरहेको छ । उक्त रणनीतिमार्फत नेपालले सम्बन्धित मुलुकबाट कसरी अधिकतम लाभ लिन सक्छ भन्ने हिसाबले योजना बनाइनेछ,' उनले भने ।

Ncell
Extreme Energy

मन्त्री खनालले प्रत्येक मुलुकसँगका प्राथमिकताका क्षेत्र पहिचान गरी त्यसैका आधारमा रणनीतिक योजना निर्माण भइरहेको बताए ।

विदेशमा रहेका नेपालीको यथार्थ तथ्यांक अभावले नीति तथा योजना निर्माण र कार्यान्वयनमा चुनौती सिर्जना भएको उल्लेख गर्दै उनले विदेशस्थित नेपालीको संख्या यकिन गर्न विशेष अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए ।

बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुनाकर भट्ट, परराष्ट्र सचिव अमृतबहादुर राई तथा परराष्ट्र मन्त्रालय र विभिन्न मन्त्रालयका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सिइओहरूसँगकाे छलफलमा अर्थमन्त्री वाग्लेले के भने?

सिइओहरूसँगकाे छलफलमा अर्थमन्त्री वाग्लेले के भने?

र्थमन्त्री डा. स्वर्णिम वाग्लेले बैंकिङ प्रणालीमा थुप्रिएको अधिक तरलता उत्पादन र लगानीमा रूपान्तरण हुन नसकेको अवस्थाबारे गम्भीर छलफल आवश्यक रहेको बताएका छन् ।
गृहमन्त्री गुरुङ र मेहताको परिवारबीच वार्ता सुरु

गृहमन्त्री गुरुङ र मेहताको परिवारबीच वार्ता सुरु

उपचारका क्रममा मृत्यु भएका रविन्द्र मेहताका परिवारसँग गृहमन्त्री सुधन गुरुङले वार्ता सुरु गरेका छन्।
निम्सदाइसँगै अस्ताएका रेकर्डहोल्डर आरोहीहरू

निम्सदाइसँगै अस्ताएका रेकर्डहोल्डर आरोहीहरू

असम्भवलाई सम्भव बनाउने नेपाली पर्वतारोही । यही परिचयले विश्वभर चिनिएका थिए निर्मल पुर्जा, अर्थात् ‘निम्स दाइ’ । ८ हजार मिटरभन्दा अग्ला १४ हिमाल सबैभन्दा छोटो समयमै आरोहण गरेर...
प्रधानसेनापतिले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएपछि राजुनाथ पाण्डेले दिए स्पष्टीकरण

प्रधानसेनापतिले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएपछि राजुनाथ पाण्डेले दिए स्पष्टीकरण

पाण्डेले विज्ञप्ति जारी गर्नुअघि उनलाई प्रधानमन्त्री बालेन शाहको टिमले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बोलाएर घटनाका बारेमा सोधपुछ गरेको स्रोतले जनाएको छ ।