नेभिगेशन
समाज

प्रधानसेनापतिले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएपछि राजुनाथ पाण्डेले दिए स्पष्टीकरण

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वरमा नेपाली सेनाको संरक्षणमा रहेको क्षेत्र भित्रको पर्खाल भत्काएको विषयमा प्रधानसेनापति अशोक सिग्देलले रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री बालेन शाहको ध्यानाकर्षण गराएपछि रास्वपा सांसद राजुनाथ पाण्डेले स्पष्टीकरण दिएका छन् ।

उनले आज विज्ञप्ति जारी गर्दै हिजो गोकर्णेश्वरमा के भएको हो भनेर स्पष्टीकरण दिएका हुन् । उनले सम्बन्धित सबैको जानकारीका लागि भन्दै विज्ञप्ति जारी गरेका हुन।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँ–३ बाट निर्वाचित सांसद पाण्डेले उक्त घटनाका विषयमा सार्वजनिक समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै नेपाली सेनाप्रति आफ्नो उच्च सम्मान रहेको पनि उल्लेख गरेका छन् ।

Ncell
Extreme Energy

उनले विज्ञप्तिमा लेखेका छन् – ‘नेपाली सेना राष्ट्रको सार्वभौमिकता, राष्ट्रिय एकता, सुरक्षा तथा विपद्को प्रत्येक चुनौतीपूर्ण परिस्थितिमा सदैव अग्रपंक्तिमा रही अतुलनीय योगदान पुन्याउँदै आएको संस्था हो। नेपाली सेनाको गौरवशाली इतिहास, अनुशासन, राष्ट्रप्रतिको समर्पण तथा नागरिक सर्वोच्चताको सम्मानप्रति म पूर्ण विश्वास व्यक्त गर्दै नेपाली सेनाप्रति सदैव उच्च सम्मान प्रकट गर्दछु।’

उनले उक्त कार्य सम्पन्न गर्ने क्रममा सम्बन्धित नेपाली सेनाको टुकुडीलाई आवश्यक जानकारी पुग्न केही मिनेटको ढिलाइ भएको कारण प्रारम्भिक रूपमा केही असहज अवस्था सिर्जना भएको र पछि नेपाली सेनाका प्रमुख सेनानीसँग आपसी समन्वय र छलफल सम्पन्न भई नेपाली सेनाकै पूर्ण सहयोग र सहकार्यमा उक्त सडक विस्तारको कार्य सफलतापूर्वक सम्पन्न गरिएको पनि उल्लेख गरेका छन् ।

पाण्डेले विज्ञप्ति जारी गर्नुअघि उनलाई प्रधानमन्त्री बालेन शाहको टिमले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बोलाएर घटनाका बारेमा सोधपुछ गरेको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार, प्रधानमन्त्रीको सचिवालयले तत्काल घटनाका बारेमा स्पष्टीकरण दिन निर्देशन दिएपछि पाण्डेले विज्ञप्ति जारी गरेका हुन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एमाले कार्यदलका बहुमत नेता यी तीन विषयमा, माइन्युट लेख्न बाँकी

एमाले कार्यदलका बहुमत नेता यी तीन विषयमा, माइन्युट लेख्न बाँकी

नेकपा एमाले पुनर्गठन कार्यदलका सदस्य तीन विषयमा साझा धारणामा पुगेका छन्। एक नेताले दिएको जानकारी अनुसार आइतबार बिहानबाट सुरू भएको कार्यदल बैठकमा बहुमत सदस्य १३ वटा समूहबाट आएका...
प्रहरी भन्छ– १,४३६ शव भेटियो, ४,६५५ को खोजी जारी

प्रहरी भन्छ– १,४३६ शव भेटियो, ४,६५५ को खोजी जारी

पत्ता भएका चार हजार ६५५ जनाको खोजी भइरहेको छ ।
सभापतिमा गगनको विकल्प छैनः भट्टराई

सभापतिमा गगनको विकल्प छैनः भट्टराई

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले पार्टीको सभापतिमा गगन थापा निर्विकल्प भएको बताएका छन् ।