नेभिगेशन
मुख्य समाचार

गृहमन्त्री गुरुङ र मेहताको परिवारबीच वार्ता सुरु

काठमाडौं । उपचारका क्रममा मृत्यु भएका रविन्द्र मेहताका परिवारसँग गृहमन्त्री सुधन गुरुङले वार्ता सुरु गरेका छन्।

महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गृहमन्त्री गुरुङ र मेहताका परिवारबीच वार्ता भइरहेको हो। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते राति भएको घटनामा गम्भीर घाइते भएका २२ वर्षीय मेहताको उपचारकै क्रममा मंगलबार निधन भएको थियो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मेहताको मृत्युपछि उत्पन्न परिस्थितिका बीच गृहमन्त्री गुरुङले घटनाबारे जानकारी लिँदै परिवारसँग छलफल थालेका हुन्। वार्तामा घटनाको सत्यतथ्य, पीडित परिवारका माग तथा पछिल्लो अवस्थाबारे छलफल भइरहेको जनाइएको छ।

Marvel
Extreme Energy

यसअघि मंगलबार नै गृहमन्त्री गुरुङले हिन्दु र मुस्लिम समुदायका नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए। गृहमन्त्रालयमा भएको छलफलमा दुवै समुदायका विभिन्न प्रतिनिधिहरू सहभागी थिए।

गृहमन्त्रीको सचिवालयका अनुसार छलफलमा पछिल्लो समय मुलुकका विभिन्न क्षेत्रमा देखिएका विवाद, शान्ति–सुरक्षा, सामाजिक सद्भाव तथा साम्प्रदायिक एकता कायम राख्ने विषयमा विचार आदानप्रदान भएको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
'मेरो हात सफा छ, नैतिक धरातल कमजोर छैन'

'मेरो हात सफा छ, नैतिक धरातल कमजोर छैन'

नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा आफूले कुनै आर्थिक लेनदेन वा अनैतिक काम नगरेको दाबी गरेका छन्।
आधिकारिकताको लडाइँमा एक रुपैयाँ पनि लेनदेन भएको छैन : गगन थापा

आधिकारिकताको लडाइँमा एक रुपैयाँ पनि लेनदेन भएको छैन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा कुनै आर्थिक लेनदेन वा अनुचित काम नभएको दाबी गरेका छन् ।
लुम्बिनीलाई कङ्क्रिटको सहर होइन, शान्ति र आध्यात्मिक आनन्दको केन्द्र बनाउने चुनौती

लुम्बिनीलाई कङ्क्रिटको सहर होइन, शान्ति र आध्यात्मिक आनन्दको केन्द्र बनाउने चुनौती

लुम्बिनी विकास कोषमा नयाँ नेतृत्व आएसँगै बुद्ध जन्मस्थल लुम्बिनीको विकासलाई अब कुन दिशामा अघि बढाउने भन्ने बहस सुरु भएको छ। वर्षौंदेखि अधुरो रहेको गुरुयोजना पूरा गर्ने, रोकिएका आयोजना...