नेभिगेशन
नेताका कुरा

रास्वपाले सांसद, केन्द्रीय सदस्य र प्रदेश सदस्यलाई प्रशिक्षण दिँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभाका सांसदहरु, केन्द्रीय समिति सदस्य र प्रदेश समिति सदस्यलाई प्रशिक्षण दिने भएको छ । 

महामन्त्री विपीन आचार्यकाअनुसार प्रशिक्षणको तयारी भइरहेको छ । 'यो निरन्तर प्रक्रिया नै हो । पार्टी, सरकार र सदनमा प्रभावकारी भूमिका, नीतिगत र संरचनागत प्रक्रियाबारे जानकारी दिने भन्ने हो,' महामन्त्री आचार्यले भने । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महामन्त्री आचार्यले प्रशिक्षणको मोडालिटी टुंगिनसकेको बताए । 'एक दुई दिनभित्र मिति र स्थान टुंगिन्छ । महाधिवेशनपछि हामीले सांसदहरु, केन्द्रीय सदस्य र प्रदेश समितिलाई पार्टीको नीति, विचार, सिद्धान्त, कार्यदिशा, सरकारलाई सफल बनाउन खेल्नुपर्ने भूमिका, सदनमा रचनात्मक नेतृत्वदायी भूमिकालगायत विषयमा केन्द्रीत भएर प्रशिक्षण हुन्छ । उहाँहरुको कुरा सुन्ने र त्यसमा नेतृत्व तहबाट अभिमुखीकरण हुन्छ,' उनले भने । 

Ncell
Extreme Energy

रास्वपाले यसअघि दुईपटक सांसदहरुलाई प्रशिक्षण दिइसकेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
त्रिशूली–१ को टनेलबाट १३ शव निकालियो, बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको खोजी जारी

त्रिशूली–१ को टनेलबाट १३ शव निकालियो, बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको खोजी जारी

माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ टनेलमा फेला परेका १३ वटा शव हेलिकप्टरमार्फत त्रिशूली ल्याइएको छ। टनेलमा अझै खोज तथा उद्धार कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ।
यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान, प्रधानमन्त्री शाह मंगलबार जाँदै

यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान, प्रधानमन्त्री शाह मंगलबार जाँदै

संयुक्त राष्ट्रसंघ (यूएन) को ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली टोली आइतबार साँझ अमेरिकाको न्युयोर्क प्रस्थान गरेको छ।
‘बंगालको खाडीमा विकसित पानी पार्ने प्रणाली बलियो बन्दैछ, नेपालमा यसको असरबारे अहिले नै यकिन गर्न सकिँदैन’

‘बंगालको खाडीमा विकसित पानी पार्ने प्रणाली बलियो बन्दैछ, नेपालमा यसको असरबारे अहिले नै यकिन गर्न सकिँदैन’

बंगालको खाडीको पूर्वी भू–भागमा विकसित न्यून चापीय प्रणाली थप बलियो बन्दै पश्चिम–उत्तरपश्चिमतर्फ सर्ने प्रक्षेपण गरिएको छ। उक्त प्रणालीका कारण नेपालमा वर्षा हुने सम्भावना रहे पनि वर्षाको जोखिम र...
७३ जिल्लाका ६,१३२ वडामा भयो कांग्रेसको अधिवेशन

७३ जिल्लाका ६,१३२ वडामा भयो कांग्रेसको अधिवेशन

नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत वडा अधिवेशनको दोस्रो दिनसम्म देशभरका ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न भई वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधि चयन भएको कांग्रेसको केन्द्रीय...

भर्खरै