नेभिगेशन
मुख्य समाचार

राष्ट्र बैंक नियामक मात्र होइन, आर्थिक रूपान्तरणको सहयात्री बनोस् : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकलाई केवल नियामक संस्थाको भूमिकामा सीमित नरही नेपालको आर्थिक रूपान्तरणको सहयात्री र सह–निर्माताका रूपमा अघि बढ्न आग्रह गरेका छन् ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग बुधबार भएको बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले सरकारको आर्थिक सुधारको अभियानलाई सफल बनाउन मौद्रिक नीतिले पनि त्यत्तिकै स्पष्ट, द्रुत र प्रतिबद्ध भूमिका निर्वाह गर्नुपर्ने बताए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले पछिल्ला दिनमा उद्योगी–व्यवसायी तथा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँग भएको छलफलमा निजी क्षेत्रले सहुलियतभन्दा बढी स्पष्ट नीति, स्थिर नियम, छिटो निर्णय र विश्वसनीय कार्यान्वयनको अपेक्षा गरेको बताए ।

Ncell
Extreme Energy

अर्थमन्त्री वाग्लेले विगत एक दशकमा नीतिगत निर्णय भए पनि कार्यान्वयन कमजोर हुँदा अपेक्षित उपलब्धि हासिल हुन नसकेको उल्लेख गर्दै निजी क्षेत्रको लगानी आत्मविश्वास खस्किनु, बैंकिङ प्रणालीमा तरलता थुप्रिनु, उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह कमजोर रहनु र पूँजी बजार तथा वास्तविक अर्थतन्त्रबीचको सम्बन्ध कमजोर बन्नुजस्ता विषय गम्भीर समीक्षा गर्नुपर्ने बताए ।

उनले चालु आर्थिक वर्षको बजेटलाई सामान्य वार्षिक बजेट नभई आर्थिक सुधार र संरचनागत रूपान्तरणको मार्गचित्रका रूपमा प्रस्तुत गरिएको उल्लेख गर्दै त्यसको सफल कार्यान्वयनमा राष्ट्र बैंकको सक्रिय भूमिका आवश्यक रहेको बताए ।

बैठकमा उनले उत्पादनमुखी क्षेत्रमा कर्जा प्रवाह विस्तार, बैंकिङ प्रणालीमा रहेको अधिक तरलतालाई उद्योग, उत्पादन र रोजगारीमा परिचालन गर्ने उपाय, पूँजी बजार, रियल इस्टेट, बैंकिङ प्रणाली र वास्तविक अर्थतन्त्रबीच सन्तुलित सम्बन्ध निर्माण, मौद्रिक र वित्तीय नीतिबीच प्रभावकारी समन्वय तथा डिजिटल वित्त, फिनटेक, स्टार्टअप वित्तपोषण र वैकल्पिक वित्तीय उपकरणलाई सहज बनाउने विषयमा राष्ट्र बैंकको धारणा मागे ।

वाग्लेले नियमनको उद्देश्य केवल नियन्त्रणमा सीमित नरही उत्पादनशील आर्थिक गतिविधिलाई सक्षम बनाउने हुनुपर्नेमा जोड दिए । "हामी 'यो सम्भव छैन' भन्ने सोचबाट होइन, 'यसलाई सम्भव बनाउन के गर्नुपर्छ?' भन्ने दृष्टिकोणबाट अघि बढ्नुपर्छ," उनले भने ।

उनले अहिले नेपालको अर्थतन्त्रलाई सबैभन्दा बढी आवश्यक नीतिगत आत्मविश्वास रहेको उल्लेख गर्दै सरकार, नेपाल राष्ट्र बैंक, बैंकिङ प्रणाली र निजी क्षेत्र एउटै दिशामा अघि बढ्न सके आर्थिक वृद्धि तीव्र हुने विश्वास व्यक्त गरे ।

सरकारले आवश्यक कानुनी संशोधन, संस्थागत सुधार र कार्यान्वयन प्रक्रियालाई तीव्रता दिइरहेको उल्लेख गर्दै उनले मौद्रिक पक्षबाट पनि त्यही गति र स्पष्टता अपेक्षित रहेको बताए ।

अर्थमन्त्री वाग्लेले बैठकमा उठेका सुझावलाई औपचारिक छलफलमै सीमित नराखी कार्ययोजनामा रूपान्तरण गरिने जानकारी दिँदै आवश्यक परे संयुक्त कार्यदल गठन, नीतिगत समन्वयलाई संस्थागत तथा निर्णय प्रक्रियालाई थप छरितो बनाइने बताए ।

उनले सुधारका लागि राजनीतिक इच्छाशक्ति, आर्थिक स्थायित्व र निजी क्षेत्रको तयारी रहेको उल्लेख गर्दै राज्यका सबै निकायले समान आत्मविश्वास र समन्वयका साथ काम गरे नेपालको आर्थिक रूपान्तरण कार्यान्वयनको चरणमा प्रवेश गर्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
एक झर पानीमै जमल डुब्नुका यी हुन् कारण

एक झर पानीमै जमल डुब्नुका यी हुन् कारण

'पानी परेपछि जमलको बाटो पार गर्नै डर लाग्छ,' उनी भन्छन्, 'कहिलेकाहीँ स्कुटी नै पल्टिन्छ कि जस्तो हुन्छ । सार्वजनिक बसमा चढ्दा अत्यधिक भीड हुन्छ, आफ्नै स्कुटी चलाउँदा दुर्घटनाको...
‘हेलो सरकार’मा ५३ हजार १५६ गुनासा, अत्यावश्यक गुनासो २४ घण्टाभित्र सम्बोधन

‘हेलो सरकार’मा ५३ हजार १५६ गुनासा, अत्यावश्यक गुनासो २४ घण्टाभित्र सम्बोधन

हेलो सरकारमा गत आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आवको तुलनामा ३२१ प्रतिशतले गुनासो बढेका छन । कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा १६ हजार ५६८ गुनासा प्राप्त भएकामा...
ओली–हिक्मत एक्लाएक्लै छलफलमा के भयो कुराकानी?

ओली–हिक्मत एक्लाएक्लै छलफलमा के भयो कुराकानी?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कोशीका मुख्यमन्त्री हिक्मत कार्कीबीचको मंगलबार साँझको छलफल निष्कर्षमा नपुगेको नेताहरूले बताएका छन् ।
कांग्रेस, एमाले र नेकपाको पछिल्ला तीनवटा सुकुमबासी आयोगले मात्रै सक्यो २ अर्ब ११ करोड बजेट, उपलब्धी शून्य

कांग्रेस, एमाले र नेकपाको पछिल्ला तीनवटा सुकुमबासी आयोगले मात्रै सक्यो २ अर्ब ११ करोड बजेट, उपलब्धी शून्य

कांग्रेस, एमाले र नेकपाको पछिल्ला तीनवटा सुकुमबासी आयोगले २ अर्ब ११ करोड बजेट खर्च गरेको छ ।