नेभिगेशन
समाज

जर्मनीस्थित नेपाली दूतावासका अधिकारीद्वारा  पत्रकारलाई धम्की !

काठमाडौं । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न नेपाल पत्रकार महासंघ युरोप शाखाले माग गरेको छ।

शाखाका अध्यक्ष केजिन राईले प्रेस विज्ञप्ति जारी गर्दै ‘नेपाल पत्रकार महासंघ युरोपका पूर्वउपाध्यक्ष तथा नेपाल समाचारपत्र दैनिकका युरोप प्रतिनिधि दीपेन्द्र गजुरेलले समाचारसम्बन्धी फलोअप प्रतिक्रिया ९बाइट० लिन सम्पर्क गर्दा प्रथम सचिव यादवले धम्कीपूर्ण अभिव्यक्ति दिएको’ बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विज्ञप्तिअनुसार यादवले गजुरेललाई, ‘तपाईं कुन ठाउँमा बसेर पत्रकारिता गर्दै हुनुहुन्छ, थाहा छ? म अबदेखि तपाईंको फोन उठाउँदिन। थप समाचार लेख्नुभयो भने तपाईंलाई गाह्रो पर्छ, ब्याक फायर गर्छु’ भनेका थिए। महासंघले उक्त अभिव्यक्ति पत्रकारमाथिको मानसिक त्रास सिर्जना गर्ने, स्वतन्त्र प्रेस र अभिव्यक्ति स्वतन्त्रतामाथिको आक्रमण तथा कूटनीतिक आचरणविपरीतको कार्य भएको बताएको छ।

Ncell
Extreme Energy

पत्रकारिताको व्यावसायिक दायित्व निर्वाह गर्ने क्रममा जिम्मेवार सार्वजनिक पदमा रहेका व्यक्तिबाट यस्तो व्यवहार हुनु निन्दनीय र गम्भीर विषय भएको विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमार्फत महासंघले नेपाल सरकार, परराष्ट्र मन्त्रालय तथा सम्बन्धित निकायसँग घटनाको तत्काल निष्पक्ष छानबिनको माग गरेको छ। साथै, विदेशमा रहेर पत्रकारिता गरिरहेका पत्रकारहरूको सुरक्षा, सम्मान र भयरहित वातावरणमा काम गर्न पाउने अधिकार सुनिश्चित गर्न पनि आग्रह गरिएको छ।

पत्रकार गजुरेलले गत हप्ता राजदूतावासले कर्मचारी भर्ना गर्न निकालेको सूचना अनधिकृत तोडमोड गरिएको भन्दै समाचार लेखेका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

बुधबार मध्यराति, सुत्केरी ब्यथाले च्यापिसकेपछि आफ्नै पति र दुई आफन्तसहित अस्पताल पुगेकी एक महिलाले अस्पतालमा भर्ना नपाएर सडकमै बच्चा जन्माउनु परेको खबर जब सार्वजनिक भयो, त्यसले आफूलाई सभ्य...
रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

बाढीका कारण उक्त क्षेत्रमा प्रभावित १६ हजार ११० घरधुरीमा रहेका ६४ हजार ३३५ जना छन् । “प्रत्यक्ष रूपमा बाढीका कारण सात हजार ५७०, आठ हजार ३१७ घरधुरी र...
नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योग मन्त्री साहले बिहीबार नै शितल निवासमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।
रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

विनाशकारी भोटेकोशी बाढीको तत्काल सम्बोधनका लागि नेपालले यही भदौ १५ गते लेखेको पत्रको जवाफ कोषले आज अर्थमन्त्री डा स्वर्णिम वाग्ले र कृषि, वन तथा वातावरणमन्त्री गिता चौधरीलाई सम्बोधन...