नेभिगेशन
मुख्य समाचार

ओली–हिक्मत एक्लाएक्लै छलफलमा के भयो कुराकानी?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कोशीका मुख्यमन्त्री हिक्मत कार्कीबीचको मंगलबार साँझको छलफल निष्कर्षमा नपुगेको नेताहरूले बताएका छन् ।

अध्यक्ष ओली र पार्टी केन्द्रीय सचिवसमेत रहेका कार्कीबीच मंगलबार छलफल भएको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ओलीनिवास गुण्डुमा भएको छलफलमा मुख्यमन्त्री कार्कीले ‘आफूले राजीनामा नदिने र पार्टीको संस्थागत निर्णय मान्ने’ बताएको एक पदाधिकारीले बताएका थिए । ती नेताकाअनुसार कार्कीले राजीनामा दिँदा संवैधानिक संकट आउनसक्ने बताएका थिए ।

Ncell
Extreme Energy

मंगलबारको छलफल निष्कर्षमा नपुगेपछि बुधबार दिउँसो पुनः कुराकानी हुने ती पदाधिकारीको भनाइ छ ।

कोशी प्रदेशका सांसद रेवतीरमण भण्डारीले अध्यक्ष र मुख्यमन्त्री कार्कीबीचको छलफल सौहार्द भएको र आज निष्कर्षमा पुग्ने बताए ।

‘उहाँहरूबीचको कुराकानी बाहिर आएजस्तो, पहिले चर्चा भएजस्तो नराम्रो केही छैन । अध्यक्षज्यूको कुराकानी सकारात्मक छ । आज पनि छलफल गरेर निष्कर्षमा पुग्ने कुराकानी भएको मैलो पाएँ,’ भण्डारीले भने ।
मुख्यमन्त्री कार्कीको सचिवालयले पनि अध्यक्षले हिजो बिफ्रिङ मात्र लिएको र आज विस्तृतमा कुरा हुने जानकारी दियो ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच तीन बुँदे सहमति भएर प्रदेश सरकारमा फेरबदल हुन थालेसँगै एमालेभित्र विवाद सिर्जना भएको थियो । अध्यक्ष ओलीले कोशीको मुख्यमन्त्री फेर्न चाहेका छन् । उनले पदाधिकारीसँग एक चरण छलफल गरेर कोशी इन्चार्जसमेत रहेका शेरधन राईलाई विराटनगर पठाएका थिए । सचिव राईले विराटनगर पुगेर मुख्यमन्त्री कार्कीलाई राजीनामा दिन भनेका थिए ।

कार्कीले पार्टीको संस्थागत निर्णय मान्ने भन्दै अध्यक्ष ओलीको निर्देशन कार्यान्वयन गर्न नसकिने बताएका थिए । त्यहाँ विवाद नसल्टिने देखेपछि अध्यक्ष ओलीले नै प्रदेश इन्चार्ज शेरधन राई, अध्यक्ष घनश्याम खतिवडा, मुख्यमन्त्री हिक्मत कार्कीलाई छलफलका लागि बोलाएका थिए ।

ओलीले मंगलबार सामूहिक र एक्लाएक्लै पनि छलफल गरिसकेका छन् ।

आज निष्कर्ष आउने सम्भावना रहेको नेताहरूको भनाइ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
यी हुन् आजका मन्त्रिपरिषद् बैठकका ७ निर्णय

यी हुन् आजका मन्त्रिपरिषद् बैठकका ७ निर्णय

सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा काठमाडौंका यांकी उक्याबलाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्याबलाई नियुक्त गरेको हो ।
राप्रपाको कार्यसम्पादन समिति बैठक सुरु, महाधिवेशन र प्रदेश सरकारबारे छलफल

राप्रपाको कार्यसम्पादन समिति बैठक सुरु, महाधिवेशन र प्रदेश सरकारबारे छलफल

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ।
नेपाल–दक्षिण कोरियाबीच कनेक्टिभिटी बढाउनुपर्छ– परराष्ट्रमन्त्री शिशिर खनाल

नेपाल–दक्षिण कोरियाबीच कनेक्टिभिटी बढाउनुपर्छ– परराष्ट्रमन्त्री शिशिर खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र दक्षिण कोरियाबीच कनेक्टिभिटी विस्तार गर्दै व्यापार, शिक्षा, स्वास्थ्य र लगानीका क्षेत्रमा सहकार्य बढाउनुपर्ने बताएका छन् ।
एक झर पानीमै जमल डुब्नुका यी हुन् कारण

एक झर पानीमै जमल डुब्नुका यी हुन् कारण

'पानी परेपछि जमलको बाटो पार गर्नै डर लाग्छ,' उनी भन्छन्, 'कहिलेकाहीँ स्कुटी नै पल्टिन्छ कि जस्तो हुन्छ । सार्वजनिक बसमा चढ्दा अत्यधिक भीड हुन्छ, आफ्नै स्कुटी चलाउँदा दुर्घटनाको...