नेभिगेशन
मुख्य समाचार

नेपाल–दक्षिण कोरियाबीच कनेक्टिभिटी बढाउनुपर्छ– परराष्ट्रमन्त्री शिशिर खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र दक्षिण कोरियाबीच कनेक्टिभिटी विस्तार गर्दै व्यापार, शिक्षा, स्वास्थ्य र लगानीका क्षेत्रमा सहकार्य बढाउनुपर्ने बताएका छन् ।

बुधबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा दक्षिण कोरियाका राजदूत पार्क तइयोङसँग भएको शिष्टाचार भेटमा मन्त्री खनालले ऊर्जा र उत्पादनसँगै अन्य सम्भावित क्षेत्रमा पनि लगानी विस्तार गर्नुपर्ने धारणा राखे ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले विश्वविद्यालय तथा अनुसन्धान संस्थाबीच सहकार्य बढाउनुपर्नेमा जोड दिँदै रोजगार अनुमति प्रणाली (ईपीएस)लाई नेपाल–दक्षिण कोरिया सम्बन्धको सफल नमुना भएको बताए । ईपीएसले दुई देशका नागरिकबीचको सम्बन्धलाई समेत बलियो बनाएको उनको भनाइ थियो ।

Ncell
Extreme Energy

तीनवर्षे कार्यकाल पूरा गरी स्वदेश फर्किन लागेका राजदूत पार्कको योगदानको प्रशंसा गर्दै मन्त्री खनालले नेपाल–दक्षिण कोरिया सम्बन्ध सुदृढ बनाउन उनले खेलेको भूमिकाको सराहना गरे ।

राजदूत पार्कले नेपालमा बिताएको समय अविस्मरणीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपाललाई नबिर्सने बताए । उनले नेपालको सांस्कृतिक विविधताको पनि प्रशंसा गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
राप्रपाले भन्यो– प्रदेश सरकार कांग्रेस, एमाले र नेकपा मिलेर निर्माण गरून्

राप्रपाले भन्यो– प्रदेश सरकार कांग्रेस, एमाले र नेकपा मिलेर निर्माण गरून्

राष्ट्रिय प्रजातन्त्र पार्टीले वर्तमान परिस्थितिमा पार्टी कुनै पनि प्रदेश सरकारको सत्ता राजनीतिको गणितीय चलखेलमा सामेल नहुने निर्णय गरेको छ ।
सत्ता चलखेलमा नलाग्ने राप्रपाको निर्णय, प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार लिङ्देनलाई

सत्ता चलखेलमा नलाग्ने राप्रपाको निर्णय, प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार लिङ्देनलाई

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले वर्तमान अवस्थामा कुनै पनि प्रदेश सरकारको सत्ता–समीकरणको गणितीय चलखेलमा सहभागी नहुने निर्णय गरेको छ ।
लगानी बोर्डको सिइओ बनेकी याङ्की उक्याब को हुन् ?

लगानी बोर्डको सिइओ बनेकी याङ्की उक्याब को हुन् ?

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा याङ्की उक्याब नियक्त भएकी छन् । मन्त्रिपरिषद्को बुधबारको बैठकले उनलाई सिइओ नियुक्त गरेको हो ।
यी हुन् आजका मन्त्रिपरिषद् बैठकका ७ निर्णय

यी हुन् आजका मन्त्रिपरिषद् बैठकका ७ निर्णय

सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा काठमाडौंका यांकी उक्याबलाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्याबलाई नियुक्त गरेको हो ।

भर्खरै