नेभिगेशन
मुख्य समाचार

राप्रपाले भन्यो– प्रदेश सरकार कांग्रेस, एमाले र नेकपा मिलेर निर्माण गरून्

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले वर्तमान परिस्थितिमा पार्टी कुनै पनि प्रदेश सरकारको सत्ता राजनीतिको गणितीय चलखेलमा सामेल नहुने निर्णय गरेको छ । बुधबार बसेको कार्यसम्पादन समिति बैठकले पार्टी प्रदेश सरकारको सत्ता राजनीतिको गणितीय चलखेलमा लालायित नभएको निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

अहिले पनि प्रदेश सरकारहरू कांग्रेस, एमाले र नेकपा मिलेर निर्माण गरून् भन्ने राप्रपाको धारणा रहेको उनले बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘प्रदेश सरकारको सम्बन्धमा कुनै निर्णय लिनुपर्ने अवस्था सिर्जना भएमा पार्टीको बृहत्तर हितलाई ध्यान दिइ उपयुक्त समयमा उपयुक्त निर्णय लिने जिम्मेवारी अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रदान गरिएको छ,’ उनले भने । 

Ncell
Extreme Energy

पार्टीको निर्देशनबिना सत्ताकेन्द्रित कुनै गतिविधिमा सहभागी नहुन सबै प्रदेशको संसदीय दल र प्रदेशसभाका सांसदहरुलाई बैठकले निर्देश गरेको श्रेष्ठले बताए ।

राप्रपाको यो निर्णयले प्रदेश सरकार गठनमा प्रभाव पार्ने देखिएको छ । बागमती र गण्डकीमा राप्रपा निर्णायक छ । बागमतीमा राप्रपाको समर्थनबिना एमाले नेतृत्वको सरकार बन्न कठिन छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र एमालेबीच तीन बुँदे सहमति भएर बागमतीमा नयाँ सरकार गठनको गृहकार्य चलिरहेको छ ।

१२ सांसद रहेको राप्रपाले साथ नदिएसम्म बागमतीमा एमालेको सरकार बन्ने देखिँदैन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
देउवा आउने मिति सरेको सर्यै, अब कहिले ?

देउवा आउने मिति सरेको सर्यै, अब कहिले ?

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्किने मिति फेरि परिवर्तन भएको छ । एक हप्ताको बीचमा उनी आउने मिति तीन पटक फेरिएको हो ।
डडेल्धुराका १२ परिवारले ३८ वर्षपछि पाए लालपुर्जा

डडेल्धुराका १२ परिवारले ३८ वर्षपछि पाए लालपुर्जा

सुकुम्बासी समस्या समाधान आयोगले नापनक्सा गरेको ३८ वर्षपछि डडेल्धुराको परशुराम नगरपालिका–१२ का १२ परिवारले जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् ।
बैतडीका १७८ जनालाई घरमै राहदानी

बैतडीका १७८ जनालाई घरमै राहदानी

बितेका तीन महिनामा १७८ जनाले घरमै राहदानी प्राप्त गरेका छन् ।
ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी

ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी

ढोरपाटनमा सिकार खेल्न मात्रै विदेशी पर्यटक आउने गरेकामा पछिल्लो समय ढोरपाटन उपत्यका, निशेलढोर र ढोरबराह मन्दिर, बुकीपाटन र जलजलालगायतका क्षेत्रको अवलोकनका लागि आन्तरिक पर्यटक यहाँ आउने गरेका छन्...