नेभिगेशन
मुख्य समाचार

महाधिवेशन तयारी तीव्र बनाउँदै राप्रपा, विभिन्न समिति गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मंसिर २६, २७ र २८ गते हुने पार्टीको महाधिवेशनलाई भव्य, व्यवस्थित र प्रभावकारी बनाउन महाधिवेशन मूल आयोजक समिति मातहत विभिन्न समिति गठन गरेको छ ।

पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार अध्यक्ष राजेन्द्र लिङ्देनको संयोजकत्वमा राजनीतिक प्रतिवेदन समिति गठन गरिएको छ । त्यसैगरी उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा सभा तथा जुलुस व्यवस्थापन समिति, उपाध्यक्ष ध्रुवबहादुर प्रधानको संयोजकत्वमा अतिथि सत्कार समिति र उपाध्यक्ष हेमजङ गुरुङको संयोजकत्वमा भोजन व्यवस्थापन समिति गठन गरिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महामन्त्री भुवन पाठकको संयोजकत्वमा समारोह व्यवस्थापन समिति तथा महामन्त्री राजेन्द्र गुरुङको संयोजकत्वमा जिल्ला समन्वय तथा सम्पर्क समिति गठन गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

Ncell
Extreme Energy

यस्तै, कोषाध्यक्ष नीलकण्ठ काफ्लेको संयोजकत्वमा आर्थिक समिति, गण्डकी प्रदेश अध्यक्ष पञ्चराम गुरुङको संयोजकत्वमा सांस्कृतिक कार्यक्रम तथा झाँकी व्यवस्थापन समिति, कार्यसम्पादन समिति सदस्य डा. विष्णु भण्डारीको संयोजकत्वमा बौद्धिक सम्पर्क तथा समन्वय समिति तथा प्रवक्ता मोहनकुमार श्रेष्ठकै संयोजकत्वमा प्रचारप्रसार समिति गठन गरिएको छ ।

त्यसैगरी केन्द्रीय सदस्य दीपक रञ्जितको संयोजकत्वमा शान्ति–सुरक्षा तथा व्यवस्थापन समिति, केन्द्रीय सदस्य इन्जिनियर सजिना कार्कीको संयोजकत्वमा स्वास्थ्य समिति तथा केन्द्रीय सदस्य ध्रुवविक्रम मल्लको संयोजकत्वमा स्वयंसेवक व्यवस्थापन समिति गठन गरिएको छ ।

प्रवक्ता श्रेष्ठका अनुसार काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कार्यसमितिलाई स्वागतद्वार व्यवस्थापन समितिको जिम्मेवारी पनि दिइएको छ ।

राप्रपाले महाधिवेशनको तयारीलाई समयमै सम्पन्न गर्दै देशभरबाट आउने प्रतिनिधि तथा सहभागीलाई व्यवस्थित रूपमा व्यवस्थापन गर्ने उद्देश्यले समितिहरू गठन गरिएको जनाएको छ ।

767190353_1498208765408437_5559172898379565869_n-1785922735.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
देउवा आउने मिति सरेको सर्यै, अब कहिले ?

देउवा आउने मिति सरेको सर्यै, अब कहिले ?

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्किने मिति फेरि परिवर्तन भएको छ । एक हप्ताको बीचमा उनी आउने मिति तीन पटक फेरिएको हो ।
डडेल्धुराका १२ परिवारले ३८ वर्षपछि पाए लालपुर्जा

डडेल्धुराका १२ परिवारले ३८ वर्षपछि पाए लालपुर्जा

सुकुम्बासी समस्या समाधान आयोगले नापनक्सा गरेको ३८ वर्षपछि डडेल्धुराको परशुराम नगरपालिका–१२ का १२ परिवारले जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् ।
बैतडीका १७८ जनालाई घरमै राहदानी

बैतडीका १७८ जनालाई घरमै राहदानी

बितेका तीन महिनामा १७८ जनाले घरमै राहदानी प्राप्त गरेका छन् ।
ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी

ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी

ढोरपाटनमा सिकार खेल्न मात्रै विदेशी पर्यटक आउने गरेकामा पछिल्लो समय ढोरपाटन उपत्यका, निशेलढोर र ढोरबराह मन्दिर, बुकीपाटन र जलजलालगायतका क्षेत्रको अवलोकनका लागि आन्तरिक पर्यटक यहाँ आउने गरेका छन्...