नेभिगेशन
मुख्य समाचार

अन्तर्राष्ट्रिय युवा दिवस तयारीबारे रास्वपाको आयोजक समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अन्तर्राष्ट्रिय युवा दिवस–२०२६ को तयारीलाई तीव्र बनाउन आयोजक समितिको बैठक बोलाएको छ ।

पार्टीका अनुसार बैठक बुधबार (श्रावण २०) दिउँसो ३:३० बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बस्नेछ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बैठकमा आयोजक समितिका सदस्यहरूले आफूलाई तोकिएको जिम्मेवारीअन्तर्गतको तयारी विवरण प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यसैगरी प्रदेश समितिहरूसँगको समन्वय, कार्यक्रमसम्बन्धी प्रस्तावमाथि छलफल तथा आवश्यक निर्णय गर्ने एजेन्डा पनि तय गरिएको छ ।

Ncell
Extreme Energy

आयोजक समितिका संयोजक कविन्द्र बुर्लाकोटीले जारी गरेको सूचनामार्फत समितिका सबै सदस्यलाई आवश्यक तयारीसहित बैठकमा उपस्थित हुन आग्रह गरिएको छ ।

रास्वपाले अन्तर्राष्ट्रिय युवा दिवस–२०२६ को कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न तयारीलाई अन्तिम रूप दिने उद्देश्यले बैठक आयोजना गर्न लागेको जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
देउवा आउने मिति सरेको सर्यै, अब कहिले ?

देउवा आउने मिति सरेको सर्यै, अब कहिले ?

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्किने मिति फेरि परिवर्तन भएको छ । एक हप्ताको बीचमा उनी आउने मिति तीन पटक फेरिएको हो ।
डडेल्धुराका १२ परिवारले ३८ वर्षपछि पाए लालपुर्जा

डडेल्धुराका १२ परिवारले ३८ वर्षपछि पाए लालपुर्जा

सुकुम्बासी समस्या समाधान आयोगले नापनक्सा गरेको ३८ वर्षपछि डडेल्धुराको परशुराम नगरपालिका–१२ का १२ परिवारले जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् ।
बैतडीका १७८ जनालाई घरमै राहदानी

बैतडीका १७८ जनालाई घरमै राहदानी

बितेका तीन महिनामा १७८ जनाले घरमै राहदानी प्राप्त गरेका छन् ।
ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी

ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी

ढोरपाटनमा सिकार खेल्न मात्रै विदेशी पर्यटक आउने गरेकामा पछिल्लो समय ढोरपाटन उपत्यका, निशेलढोर र ढोरबराह मन्दिर, बुकीपाटन र जलजलालगायतका क्षेत्रको अवलोकनका लागि आन्तरिक पर्यटक यहाँ आउने गरेका छन्...