नेभिगेशन
मुख्य समाचार

ब्रड पिकबाट निर्मल पुर्जासहित चार आरोहीको शव ल्याइयो बेसक्याम्प

काठमाडौं । पाकिस्तानको ब्रड पिक हिमालमा हिमपहिरोमा परेर ज्यान गुमाएका विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ) सहित चार जनाको शव बेसक्याम्प ल्याइएको छ।

एलिट एक्स्पेडले बुधबार सार्वजनिक गरेको आधिकारिक वक्तव्यअनुसार निर्मल पुर्जासँगै चिनियाँ आरोही झोङ वाङ, निमा शेर्पा र किलु शेर्पाको शव अत्यन्त कठिन खोजपछि बेसक्याम्पमा ल्याइएको हो।
अभियानको नेतृत्व पर्वतारोही मिङ्माले गरेका थिए। अभियानमा पाकिस्तानी पर्वतारोही सिर्बज खान लगायतको टोली सहभागी थियो। वक्तव्यमा अत्यन्त जोखिमपूर्ण परिस्थितिमा उद्धार सम्पन्न गरेको भन्दै टोलीको साहस, व्यावसायिकता र समर्पणप्रति कृतज्ञता व्यक्त गरिएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उद्धार कार्यमा सहयोग पुर्‍याएको भन्दै पाकिस्तान सेना, पाकिस्तान सरकार, गिलगिट–बाल्टिस्तान सरकार, स्थानीय प्रशासन, बेलायती उच्चायोग, नेपाल दूतावास, अल्पाइन क्लब अफ पाकिस्तान तथा अन्य सबै निकायप्रति पनि धन्यवाद व्यक्त गरिएको छ।

Ncell
Extreme Energy

साथै अझै फेला नपरेका अन्य तीन आरोहीका परिवारप्रति पनि समवेदना व्यक्त गर्दै सुरक्षित अवस्था बनेपछि उनीहरूको खोजका लागि सक्दो प्रयास जारी रहने जनाइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
देउवा आउने मिति सरेको सर्यै, अब कहिले ?

देउवा आउने मिति सरेको सर्यै, अब कहिले ?

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्किने मिति फेरि परिवर्तन भएको छ । एक हप्ताको बीचमा उनी आउने मिति तीन पटक फेरिएको हो ।
डडेल्धुराका १२ परिवारले ३८ वर्षपछि पाए लालपुर्जा

डडेल्धुराका १२ परिवारले ३८ वर्षपछि पाए लालपुर्जा

सुकुम्बासी समस्या समाधान आयोगले नापनक्सा गरेको ३८ वर्षपछि डडेल्धुराको परशुराम नगरपालिका–१२ का १२ परिवारले जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् ।
बैतडीका १७८ जनालाई घरमै राहदानी

बैतडीका १७८ जनालाई घरमै राहदानी

बितेका तीन महिनामा १७८ जनाले घरमै राहदानी प्राप्त गरेका छन् ।
ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी

ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी

ढोरपाटनमा सिकार खेल्न मात्रै विदेशी पर्यटक आउने गरेकामा पछिल्लो समय ढोरपाटन उपत्यका, निशेलढोर र ढोरबराह मन्दिर, बुकीपाटन र जलजलालगायतका क्षेत्रको अवलोकनका लागि आन्तरिक पर्यटक यहाँ आउने गरेका छन्...