नेभिगेशन
मुख्य समाचार

ओली–लेखक पक्राउ प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्रीले माफी मागून वा राजीनामा दिऊन्– शंकर पोखरेल

दाङ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेल ले राज्यले कानुन कार्यान्वयनमा दोहोरो मापदण्ड अपनाउन नहुने बताएका छन् ।

प्रेस चौतारी दाङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बुधबार बोल्दै उनले विगतका घटनामा राजनीतिक जिम्मेवारीका आधारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न मिल्ने हो भने वर्तमान घटनामा पनि सोही मापदण्ड लागू हुनुपर्ने बताएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पोखरेलले गत भदौ २३–२४ को घटनामा सुरक्षा निकायले गरेको बल प्रयोगको राजनीतिक जिम्मेवारी भन्दै तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई पक्राउ गरिएको उल्लेख गर्दै पछिल्लो समय कोशी र मधेश प्रदेशका केही जिल्लामा प्रहरीमार्फत भएका हत्या तथा हिंसात्मक घटनाको नैतिक तथा राजनीतिक जिम्मेवारी वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीले पनि लिनुपर्ने दाबी गरे ।

Ncell
Extreme Energy

उनले एउटै प्रकृतिका घटनामा फरक–फरक मापदण्ड अपनाइनु विधिको शासनविपरीत हुने भन्दै कानुन सबैका लागि समान रूपमा लागू हुनुपर्नेमा जोड दिए ।

सरकारसँग अहिले दुई विकल्प मात्रै रहेको उनको भनाइ थियो । "यदि विगतमा अपनाइएको कदम गलत थियो भने त्यसबारे सार्वजनिक रूपमा माफी माग्नुपर्छ । अन्यथा वर्तमान घटनाको जिम्मेवारी स्वीकार गर्दै प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिएर कानुनी प्रक्रिया सामना गर्न मार्ग प्रशस्त गर्नुपर्छ," उनले भने ।

पोखरेलले राजनीतिक आग्रहका आधारमा कानुनको प्रयोग गरिए लोकतान्त्रिक प्रणाली र न्यायप्रणालीप्रतिको जनविश्वास कमजोर हुने चेतावनी दिँदै शासन सञ्चालनमा निष्पक्षता, जवाफदेहिता र समान मापदण्ड अनिवार्य हुनुपर्ने धारणा व्यक्त गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
देउवा आउने मिति सरेको सर्यै, अब कहिले ?

देउवा आउने मिति सरेको सर्यै, अब कहिले ?

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्किने मिति फेरि परिवर्तन भएको छ । एक हप्ताको बीचमा उनी आउने मिति तीन पटक फेरिएको हो ।
डडेल्धुराका १२ परिवारले ३८ वर्षपछि पाए लालपुर्जा

डडेल्धुराका १२ परिवारले ३८ वर्षपछि पाए लालपुर्जा

सुकुम्बासी समस्या समाधान आयोगले नापनक्सा गरेको ३८ वर्षपछि डडेल्धुराको परशुराम नगरपालिका–१२ का १२ परिवारले जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् ।
बैतडीका १७८ जनालाई घरमै राहदानी

बैतडीका १७८ जनालाई घरमै राहदानी

बितेका तीन महिनामा १७८ जनाले घरमै राहदानी प्राप्त गरेका छन् ।
ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी

ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी

ढोरपाटनमा सिकार खेल्न मात्रै विदेशी पर्यटक आउने गरेकामा पछिल्लो समय ढोरपाटन उपत्यका, निशेलढोर र ढोरबराह मन्दिर, बुकीपाटन र जलजलालगायतका क्षेत्रको अवलोकनका लागि आन्तरिक पर्यटक यहाँ आउने गरेका छन्...