नेभिगेशन
मुख्य समाचार

तथ्याङ्क नियमावली–२०८३ स्वीकृत, विद्यार्थीलाई तथ्याङ्क उपलब्ध गराउने शुल्क घटाइयो

काठमाडौं । सरकारले तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गरेको छ । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

सरकारका अनुसार संशोधनमार्फत तथ्याङ्क नियमावली, २०८० का पाँच वटा नियम तथा अनुसूचीमा हेरफेर र थपघट गरिएको छ । नियमावलीको नामसमेत संशोधन गरी ‘तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८३’ कायम गरिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संशोधनसँगै सूक्ष्म कोरा तथ्याङ्क तथा गणना क्षेत्र नक्सा उपलब्ध गराउँदा लाग्ने शुल्क पनि घटाइएको छ । अब गणनासम्बन्धी तथ्याङ्क नेपालस्थित विद्यालय, कलेज र विश्वविद्यालयका विद्यार्थीलाई उपलब्ध गराउँदा लाग्ने शुल्क चार हजार रुपैयाँबाट घटाएर दुई हजार रुपैयाँ कायम गरिएको छ ।

Ncell
Extreme Energy

त्यस्तै, सर्वेक्षणसम्बन्धी तथ्याङ्कका लागि विद्यार्थीले तिर्नुपर्ने शुल्क दुई हजार ५०० रुपैयाँबाट घटाएर एक हजार २०० रुपैयाँ निर्धारण गरिएको छ ।

संशोधित नियमावलीमा ‘गणना क्षेत्र नक्सा’ शीर्षकसमेत थप गरिएको छ । यसअन्तर्गत संस्थाका लागि २०० रुपैयाँ र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका लागि ३०० रुपैयाँ शुल्क तोकिएको छ ।

यस्तै, मूल नियमावलीको नियम १७ मा संशोधन गर्दै तथ्याङ्क सङ्कलनका लागि जनशक्ति परिचालन गर्नुअघि कार्यालयले जारी गरेको तालिम सञ्चालनसम्बन्धी निर्देशनअनुसार सैद्धान्तिक र व्यावहारिक दुवै पक्ष समेटिने गरी अनिवार्य तालिम सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
देउवा आउने मिति सरेको सर्यै, अब कहिले ?

देउवा आउने मिति सरेको सर्यै, अब कहिले ?

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्किने मिति फेरि परिवर्तन भएको छ । एक हप्ताको बीचमा उनी आउने मिति तीन पटक फेरिएको हो ।
डडेल्धुराका १२ परिवारले ३८ वर्षपछि पाए लालपुर्जा

डडेल्धुराका १२ परिवारले ३८ वर्षपछि पाए लालपुर्जा

सुकुम्बासी समस्या समाधान आयोगले नापनक्सा गरेको ३८ वर्षपछि डडेल्धुराको परशुराम नगरपालिका–१२ का १२ परिवारले जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् ।
बैतडीका १७८ जनालाई घरमै राहदानी

बैतडीका १७८ जनालाई घरमै राहदानी

बितेका तीन महिनामा १७८ जनाले घरमै राहदानी प्राप्त गरेका छन् ।
ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी

ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी

ढोरपाटनमा सिकार खेल्न मात्रै विदेशी पर्यटक आउने गरेकामा पछिल्लो समय ढोरपाटन उपत्यका, निशेलढोर र ढोरबराह मन्दिर, बुकीपाटन र जलजलालगायतका क्षेत्रको अवलोकनका लागि आन्तरिक पर्यटक यहाँ आउने गरेका छन्...