नेभिगेशन
मुख्य समाचार

धवल–दुर्गा प्रसाईंले खोले जय नेपाल पार्टी, धवल अध्यक्ष, दुर्गा सर्वोच्च नेता

साउन २८ मा निर्वाचन आयेगमा दर्ता गर्ने तयारी

काठमाडौं । केही समयअघि राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका धवल शम्शेर राणा र दुर्गा प्रसाईंले नयाँ राजनीतिक दल जय नेपाल पार्टी घोषणा गर्ने भएका छन् ।

उनीहरूले साउन २८ गते पार्टी घोषणा गर्दै सोही दिन निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिने तयारी गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेता सगुन लावतीका अनुसार पार्टीको अध्यक्ष धवल शमशेर राणा रहने भएका छन् । दुर्गा प्रसाईं सर्वोच्च नेता बन्नेछन् ।

Ncell
Extreme Energy

नयाँ पार्टी गठनको लागि उनीहरूले यसअघि नै विभिन्न समिति बनाएका थिए ।

बुधबार बसेको तयारी समितिको बैठकबाट ‘जय नेपाल’ नाममा पार्टी खोल्ने निर्णय गरेको लावतीले बताए । 

राणाले गत जेठ १७ गते राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका थिए। नेतृत्वले समयमा महाधिवेशन नबोलाएको र पार्टी जनभावनाअनुकूल अघि नबढेको भन्दै संस्थापन पक्षसँग असहमति राखेका थिए । त्यसक्रममा पार्टीका विभिन्न तहका १८५ जना नेताहरूले राप्रपा छाडेका थिए ।

प्रसाईं केही वर्षदेखि ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियान’ सञ्चालन गर्दै आएका छन् ।

दुवै नेताबीच गत जेठ २२ गते नयाँ पार्टी खोल्ने सहमति भएको थियो ।

संवैधानिक राजतन्त्र र सनातन धर्मको पक्षमा उभिने प्रजातान्त्रिक राष्ट्रवादी शक्ति निर्माण गर्ने लक्ष्य नवोदित दलको रहेको लावतीले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता

‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता

अपरेशनका क्रममा बाढीले पुरिएका घर तथा विभिन्न संरचनाबाट महत्त्वपूर्ण एवं अत्यावश्यक धनमाल र वस्तु निकाल्ने कार्य पनि भइरहेको एसएसपी सिलवालले जानकारी दिए । विभिन्न होल्डिङ सेन्टरको अनुगमन तथा...
धाप ड्याम ड्याम भासिन थालेपछि फुल क्यापासिटीमा २४सै घण्टा पानी निकासी

धाप ड्याम ड्याम भासिन थालेपछि फुल क्यापासिटीमा २४सै घण्टा पानी निकासी

एहतियातका रूपमा धाप ड्याममा सञ्चित पानीको सतह घटाउन ४०० लिटर प्रतिसेकेन्डको दरले फुल क्यापासिटीमा २४ सै घण्टा पानी निकासी भइरहेको विभागले जनाएको छ ।
नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५  परिवारले पाए लालपुर्जा

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५  परिवारले पाए लालपुर्जा

नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पुर्जा वितरणको प्रक्रिया लामो समय रोकिएको थियो । विगतमा नापनक्सा भइसकेको जग्गाको आवश्यक प्रक्रिया पूरा गर्दै ३८५...
एसिसी प्रिमियर कप फाइनलः नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य

एसिसी प्रिमियर कप फाइनलः नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य

नेपालका लागि ओपनर तथा विकेटकिपर आसिफ शेखले शतकीय पारी खेले । उनले १०६ बलमा आठ चौका र चार छक्कासहित १०२ रनको पारी खेलेका हुन् । एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा...