नेभिगेशन
मुख्य समाचार

गुण्डुमा ढलेका जेएन सम्झिँदै कर्ण थापाले भने– अत्याचारीहरूले अकल्पनीय दण्ड भोग्नुपर्नेछ

काठमाडौँ । नेकपा (एमाले)का नेता कर्ण थापाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ (जेएन) थपलिया गुण्डुमा अचेत भएर ढलेको घटनालाई केवल एक व्यक्तिको स्वास्थ्य समस्या नभई पार्टीभित्रको राजनीतिक आस्था र विश्वासमाथिको प्रहार भएको टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै थापाले पार्टी अध्यक्ष केपी शर्मा ओली कमजोर अवस्थामा रहेका बेला जेएन थपलिया उहाँका सबैभन्दा विश्वासिला र दृढ समर्थकमध्ये एक रहेको स्मरण गरेका छन्। पाँचौँदेखि एघारौँ महाधिवेशनसम्म थपलियाले ओलीको पक्ष कहिल्यै नछाडेको र गाउँ–बस्ती, विद्यालय, विश्वविद्यालय तथा किसानमाझ पनि उहाँकै पक्षमा खुलेर बहस गरेको थापाको भनाइ छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आठौँ राष्ट्रिय महाधिवेशनअघि धेरै नेताहरू ओलीको पक्षमा उभिन हिच्किचाइरहेका बेला थपलिया बागमतीबाट खुलेर समर्थन गर्ने प्रमुख नेतामध्ये एक रहेको उल्लेख गर्दै थापाले आठौँदेखि नवौँ महाधिवेशनसम्मको अन्तरसंघर्षमा पनि उनले आफ्नो आस्था नत्यागेको बताएका छन्।

Ncell
Extreme Energy

थापाले पछिल्ला वर्षहरूमा पार्टीभित्र लोकतान्त्रिक अभ्यास कमजोर बनेको, मूल्यांकन प्रणाली समाप्त पारिएको र मनपरी प्रवृत्ति हाबी भएको महसुसका कारण थपलिया मानसिक रूपमा पीडित बनेको दाबी गरेका छन्। गुण्डुमा ढलेपछि केही पदाधिकारी र पदका आकांक्षीहरूले उनको उपहास र अपमान गरेको आरोप पनि उनले लगाएका छन्।

'गुण्डुमा जेएनको शरीर मात्र ढलेको होइन, त्यहाँ एउटा राजनीतिक आस्था र विश्वास ढालिएको हो। एउटा संघर्षको इतिहासमाथि प्रहार गरिएको हो,' थापाले लेखेका छन्।

उनले थपलियामाथि भएको व्यवहारलाई त्याग, निष्ठा र बलिदानको अपमानको संज्ञा दिँदै यो घटना पार्टीभित्रको अत्याचारको पराकाष्ठाका रूपमा इतिहासमा लेखिने दाबी गरेका छन्।

सत्तामा रहेका नेतृत्वलाई लक्षित गर्दै थापाले चेतावनीपूर्ण शैलीमा भनेका छन्, 'जब आस्था र विश्वास घृणामा बदलिन्छ र त्यो घृणा विद्रोहमा रूपान्तरण हुन्छ, त्यसबेला अत्याचारीहरूले अकल्पनीय दण्ड भोग्नुपर्ने अवस्था आउँछ। त्यो दिन धेरै टाढा छैन।'

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
धाप ड्याम ड्याम भासिन थालेपछि फुल क्यापासिटीमा २४सै घण्टा पानी निकासी

धाप ड्याम ड्याम भासिन थालेपछि फुल क्यापासिटीमा २४सै घण्टा पानी निकासी

एहतियातका रूपमा धाप ड्याममा सञ्चित पानीको सतह घटाउन ४०० लिटर प्रतिसेकेन्डको दरले फुल क्यापासिटीमा २४ सै घण्टा पानी निकासी भइरहेको विभागले जनाएको छ ।
नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५  परिवारले पाए लालपुर्जा

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५  परिवारले पाए लालपुर्जा

नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पुर्जा वितरणको प्रक्रिया लामो समय रोकिएको थियो । विगतमा नापनक्सा भइसकेको जग्गाको आवश्यक प्रक्रिया पूरा गर्दै ३८५...
एसिसी प्रिमियर कप फाइनलः नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य

एसिसी प्रिमियर कप फाइनलः नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य

नेपालका लागि ओपनर तथा विकेटकिपर आसिफ शेखले शतकीय पारी खेले । उनले १०६ बलमा आठ चौका र चार छक्कासहित १०२ रनको पारी खेलेका हुन् । एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा...
आज जनकपुरमा अग्रगामी मोर्चाको बृहत् कार्यक्रम, शीर्ष नेतृत्वले सम्बोधन गर्ने

आज जनकपुरमा अग्रगामी मोर्चाको बृहत् कार्यक्रम, शीर्ष नेतृत्वले सम्बोधन गर्ने

९ दलीय अग्रगामी मोर्चाको मधेश प्रदेश समन्वय समितिले शनिबार जनकपुरमा बृहत् कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रम आयोजना गर्दैछ।