नेभिगेशन
मुख्य समाचार

लन्डनमा हुनेछ निर्मल पुर्जाको अन्तिम बिदाइ

काठमाडौं । पाकिस्तानको ब्रड पिकमा आएको हिमपहिरोमा ज्यान गुमाएका विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’को अन्तिम बिदाइ बेलायतको लन्डनमा हुने भएको छ ।

परिवार लन्डनमा बस्दै आएकाले धार्मिक परम्पराअनुसार उतै अन्त्येष्टि गर्ने तयारी गरिएको हो । अन्त्येष्टिपछि उनको जन्मथलो म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना र बाल्यकाल बिताएको चितवनमा पनि स्मृति कार्यक्रम आयोजना गरिने परिवारले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पुर्जाका दाजु कमलबहादुर पुर्जाका अनुसार अन्त्येष्टिको मिति भने आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि मात्रै तय हुनेछ ।

Ncell
Extreme Energy

‘भाइको निधनले संसारभरका शुभेच्छुकलाई स्तब्ध बनाएको छ । श्रीमती र छोरीलाई सहज हुने गरी सबै प्रक्रिया पूरा गरेर अन्त्येष्टि गरिनेछ,’ उनले भने ।

साउन १४ गते ब्रड पिक आरोहणका क्रममा गएको भीषण हिमपहिरोमा परी १० सदस्यीय आरोही टोलीका नेता रहेका पुर्जाको निधन भएको थियो । साउन १७ गते शव पहिचान भए पनि प्रतिकूल मौसम र शव रहेको स्थान अत्यन्त जोखिमपूर्ण भएकाले उद्धारमा ढिलाइ भएको थियो । बुधबार मात्रै कठिन अभियानपछि उहाँको शव बेसक्याम्पमा ल्याइएको हो ।

पुर्जाले स्थापना गरेको एलिट एक्सपिडिसनले पनि बुधबार विज्ञप्ति जारी गर्दै निर्मल पुर्जा, निमा शेर्पा, झोङ वाङ र किलु शेर्पाको शव सफलतापूर्वक बेसक्याम्पमा ल्याइएको जनाएको छ । कम्पनीका अनुसार आवश्यक प्रक्रिया पूरा गरी शव शुक्रबार राति वा शनिबारसम्म बेलायत पठाउने तयारी छ । लन्डन पुगेपछि पनि स्थानीय कानुनी प्रक्रिया पूरा गर्न केही समय लाग्नेछ ।

शव उद्धार अभियानमा पाकिस्तान सरकार, पाकिस्तान आर्मी, गिल्गिट–बाल्टिस्तान सरकार, पाकिस्तानस्थित नेपाली दूतावास, बेलायती उच्चायोग र अल्पाइन क्लब अफ पाकिस्तानको सहयोग रहेको कम्पनीले जनाएको छ ।

म्याग्दीमा जन्मिएका पुर्जा सन् २००३ मा पोखरास्थित ब्रिटिस क्याम्पमार्फत बेलायती सेनामा भर्ना भएका थिए । क्विन्स गोर्खा इन्जिनियर्समा सेवा गरेका उनी पछि बेलायतको रक्षा मन्त्रालयमा पर्वतीय विशेषज्ञका रूपमा कार्यरत रहे । सन् २०१७ मा १३ जना ब्रिटिस गोर्खाको सगरमाथा आरोहण अभियानको नेतृत्व पनि उनले गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
पहिले टिकट काटेर जानुपर्ने पोखराको सहिद पार्क, अहिले सुनसान (तस्बिरकथा)

पहिले टिकट काटेर जानुपर्ने पोखराको सहिद पार्क, अहिले सुनसान (तस्बिरकथा)

जामुनबोटको डाँडामा मूर्तिवत उभिएका सहित र राष्ट्रिय विभूतिका सालिकहरू अहिले आगन्तुकभन्दा बढी शान्तिलाई साक्षी बसेजस्ता देखिन्छन् ।
वीरगञ्जमा ग्यास ट्याङ्करले ई–रिक्सा ठक्कर दिँदा ९ जना घाइते, चालक मापसे गरेको पुष्टि

वीरगञ्जमा ग्यास ट्याङ्करले ई–रिक्सा ठक्कर दिँदा ९ जना घाइते, चालक मापसे गरेको पुष्टि

पर्साको वीरगञ्ज महानगरपालिका–२४ बहुअरी चोकस्थित हुलाकी सडकमा ग्यास ट्याङ्करले ई–रिक्सालाई पछाडिबाट ठक्कर दिँदा ९ जना घाइते भएका छन् ।
जेन्जी आन्दोलनका बेला झुम्का कारागारबाट फरार कैदी तेह्रथुमबाट परे पक्राउ

जेन्जी आन्दोलनका बेला झुम्का कारागारबाट फरार कैदी तेह्रथुमबाट परे पक्राउ

जेन्जी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका कर्तव्य ज्यान मुद्दाका एक कैदीलाई प्रहरीले तेह्रथुमबाट पक्राउ गरेको छ ।
सहमतिमै बाटो अलग भयो दुर्गा सोब र सन्तोष परियार समूहको

सहमतिमै बाटो अलग भयो दुर्गा सोब र सन्तोष परियार समूहको

गतिशील लोकतान्त्रिक पार्टीका दुई समूह आपसी सहमतिमै अलग हुने निर्णयमा पुगेका छन्। पार्टीका अध्यक्ष परिषद् सदस्यद्वय दुर्गा सोब र सन्तोष परियारले बुधबार सहमति पत्रमा हस्ताक्षर गर्दै एकीकृत पार्टीलाई...

भर्खरै