नेभिगेशन
मुख्य समाचार

सहमतिमै बाटो अलग भयो दुर्गा सोब र सन्तोष परियार समूहको

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका दुई समूह आपसी सहमतिमै अलग हुने निर्णयमा पुगेका छन्। पार्टीका अध्यक्ष परिषद् सदस्यद्वय दुर्गा सोब र सन्तोष परियारले बुधबार सहमति पत्रमा हस्ताक्षर गर्दै एकीकृत पार्टीलाई विभाजन नगरी सहमतिमै छुट्टाछुट्टै राजनीतिक यात्रा अघि बढाउने निर्णय गरेका हुन्।

सहमति पत्रअनुसार दुर्गा सोब नेतृत्वको समूहले हालको प्रगतिशील लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरी निर्वाचन आयोगमा दर्ता रहेको पुरानो नाम, संरचना र ‘आँखा’ चुनाव चिह्नसहित पार्टी सञ्चालनका लागि आवश्यक कानुनी प्रक्रिया अघि बढाउनेछ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै, सन्तोष परियार नेतृत्वको समूहले ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ नाम र ‘आँखा’ बाहेकका तीन रङको झण्डा प्रयोग गर्दै नयाँ कानुनी प्रक्रियामार्फत पार्टी सञ्चालन गर्ने सहमति भएको छ।

Ncell
Extreme Energy

दुवै पक्षले सहमति पत्रमा हस्ताक्षर गरेकै मितिदेखि आ–आफ्नो दलको नाम, कार्यालय, विधान, संगठनात्मक संरचना, चुनाव चिह्न र झण्डा प्रयोग गरी स्वतन्त्र रूपमा राजनीतिक गतिविधि सञ्चालन गर्ने उल्लेख गरिएको छ। साथै, एकीकृत पार्टीका चल–अचल सम्पत्ति, आर्थिक स्रोत, बैंक मौज्दात, ऋण तथा जिन्सीलगायत सम्पत्तिको पारदर्शी र न्यायोचित ढंगले बाँडफाँट गर्ने सहमति पनि भएको छ।

सहमति पत्रमा यो निर्णयलाई विभाजन वा आपसी विरोधका रूपमा नभई बदलिएको राजनीतिक परिस्थिति, वैचारिक तथा संगठनात्मक आवश्यकताअनुसार गरिएको स्वाभाविक राजनीतिक प्रक्रिया भएको उल्लेख छ। भविष्यमा सुशासन, समृद्धि, संविधानको संरक्षण, राष्ट्रिय स्वाधीनता र लोकतान्त्रिक मूल्य–मान्यताका विषयमा आवश्यकताअनुसार संवाद, सहकार्य र एकता कायम राख्ने प्रतिबद्धता पनि दुवै पक्षले जनाएका छन्।

दुवै समूहले सहमतिलाई कानुनी रूप दिन निर्वाचन आयोगमा जानकारी गराउँदै राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १५ बमोजिम आवश्यक प्रक्रिया अघि बढाउने सहमति गरेका छन्। सहमति पत्रमा दुर्गा सोब र सन्तोष परियारसहित दुवै पक्षका नेताहरूले हस्ताक्षर गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
एकैदिन तोलामा ८ हजारले बढ्यो सुन

एकैदिन तोलामा ८ हजारले बढ्यो सुन

नेपाली बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ । एकैदिन प्रतितोला ८ हजार रुपैयाँ बढेसँगै छापावाल सुनको मूल्य २ लाख ९६ हजार रुपैयाँ पुगेको छ ।
पहिले टिकट काटेर जानुपर्ने पोखराको सहिद पार्क, अहिले सुनसान (तस्बिरकथा)

पहिले टिकट काटेर जानुपर्ने पोखराको सहिद पार्क, अहिले सुनसान (तस्बिरकथा)

जामुनबोटको डाँडामा मूर्तिवत उभिएका सहित र राष्ट्रिय विभूतिका सालिकहरू अहिले आगन्तुकभन्दा बढी शान्तिलाई साक्षी बसेजस्ता देखिन्छन् ।
वीरगञ्जमा ग्यास ट्याङ्करले ई–रिक्सा ठक्कर दिँदा ९ जना घाइते, चालक मापसे गरेको पुष्टि

वीरगञ्जमा ग्यास ट्याङ्करले ई–रिक्सा ठक्कर दिँदा ९ जना घाइते, चालक मापसे गरेको पुष्टि

पर्साको वीरगञ्ज महानगरपालिका–२४ बहुअरी चोकस्थित हुलाकी सडकमा ग्यास ट्याङ्करले ई–रिक्सालाई पछाडिबाट ठक्कर दिँदा ९ जना घाइते भएका छन् ।
जेन्जी आन्दोलनका बेला झुम्का कारागारबाट फरार कैदी तेह्रथुमबाट परे पक्राउ

जेन्जी आन्दोलनका बेला झुम्का कारागारबाट फरार कैदी तेह्रथुमबाट परे पक्राउ

जेन्जी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका कर्तव्य ज्यान मुद्दाका एक कैदीलाई प्रहरीले तेह्रथुमबाट पक्राउ गरेको छ ।