नेभिगेशन
मुख्य समाचार

जेन्जी आन्दोलनका बेला झुम्का कारागारबाट फरार कैदी तेह्रथुमबाट परे पक्राउ

काठमाडौं । जेन्जी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका कर्तव्य ज्यान मुद्दाका एक कैदीलाई प्रहरीले तेह्रथुमबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तेह्रथुमको लालिगुराँस नगरपालिका–८ सोल्माका ३५ वर्षीय छत्रबहादुर नेपाली रहेका छन् । उनलाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत तेह्रथुमले २० वर्ष कैद सजाय सुनाएको थियो । सजायमध्ये अझै ९ वर्ष कैद भुक्तान गर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाली २०८२ भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा सुनसरीस्थित झुम्का कारागारबाट फरार भएका थिए ।

Ncell
Extreme Energy

फरारपछि उनी आफ्नै घरमा लुकीछिपी बसेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बसन्तपुरबाट प्रहरी निरीक्षक रुपेश तामाङको नेतृत्वमा खटिएको टोलीले साउन २१ गते राति करिब २ बजे घरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ परेका नेपालीलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
एकैदिन तोलामा ८ हजारले बढ्यो सुन

एकैदिन तोलामा ८ हजारले बढ्यो सुन

नेपाली बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ । एकैदिन प्रतितोला ८ हजार रुपैयाँ बढेसँगै छापावाल सुनको मूल्य २ लाख ९६ हजार रुपैयाँ पुगेको छ ।
पहिले टिकट काटेर जानुपर्ने पोखराको सहिद पार्क, अहिले सुनसान (तस्बिरकथा)

पहिले टिकट काटेर जानुपर्ने पोखराको सहिद पार्क, अहिले सुनसान (तस्बिरकथा)

जामुनबोटको डाँडामा मूर्तिवत उभिएका सहित र राष्ट्रिय विभूतिका सालिकहरू अहिले आगन्तुकभन्दा बढी शान्तिलाई साक्षी बसेजस्ता देखिन्छन् ।
वीरगञ्जमा ग्यास ट्याङ्करले ई–रिक्सा ठक्कर दिँदा ९ जना घाइते, चालक मापसे गरेको पुष्टि

वीरगञ्जमा ग्यास ट्याङ्करले ई–रिक्सा ठक्कर दिँदा ९ जना घाइते, चालक मापसे गरेको पुष्टि

पर्साको वीरगञ्ज महानगरपालिका–२४ बहुअरी चोकस्थित हुलाकी सडकमा ग्यास ट्याङ्करले ई–रिक्सालाई पछाडिबाट ठक्कर दिँदा ९ जना घाइते भएका छन् ।
सहमतिमै बाटो अलग भयो दुर्गा सोब र सन्तोष परियार समूहको

सहमतिमै बाटो अलग भयो दुर्गा सोब र सन्तोष परियार समूहको

गतिशील लोकतान्त्रिक पार्टीका दुई समूह आपसी सहमतिमै अलग हुने निर्णयमा पुगेका छन्। पार्टीका अध्यक्ष परिषद् सदस्यद्वय दुर्गा सोब र सन्तोष परियारले बुधबार सहमति पत्रमा हस्ताक्षर गर्दै एकीकृत पार्टीलाई...