नेभिगेशन
मुख्य समाचार

पहिले टिकट काटेर जानुपर्ने पोखराको सहिद पार्क, अहिले सुनसान (तस्बिरकथा)

पोखरा । जामुनबोटको डाँडामा मूर्तिवत उभिएका सहित र राष्ट्रिय विभूतिका सालिकहरू अहिले आगन्तुकभन्दा बढी शान्तिलाई साक्षी बसेजस्ता देखिन्छन् । एक समय दैनिक सयौं मानिसको चहलपहलले गुञ्जिने राष्ट्रिय विभूति तथा सहिद पार्कमा अहिले मानिसहरूका विरलै पाइला पर्छन् । टिकट काटेर प्रवेश गर्नुपर्ने यो पार्क अहिले निःशुल्क खुला छ, तर आकर्षण भने मुर्झाउँदै गएको छ । 
यो पार्कको कथा पोखराका व्यस्त चोकबाट सुरु हुन्छ । 

आजभन्दा आठ वर्षअघि पृथ्वीचोक, अमरसिंह चोक, मुस्ताङचोक, बिरौटा चोक, जिरोकिलोमिटर र हरिचोकलगायतका स्थानमा फराकिला ट्राफिक आइल्याण्ड थिए । चोकको सौन्दर्य पनि थिए, ती । त्यही आइल्याण्डमा सहिद र विभिन्न राष्ट्रिय व्यक्तित्वका सालिक उभिएका थिए । तर २०७४ सालमा बढ्दो सवारी चाप व्यवस्थापन गर्न सडक विस्तार गरियो र ती आइल्याण्ड पनि भत्काइए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चोकबाट हटाइएका पृथ्वीनारायण शाह, पूर्वपर्यटनमन्त्री रवीन्द्र अधिकारी, सहिद भीमसेन दाहाल, योगेन्द्रमान शेरचनलगायतका सालिकलाई एउटै स्थानमा संरक्षण गर्ने उद्देश्यले पोखरा महानगरपालिकाले २०७६ सालमा वडा नम्बर १८ जामुनबोटमा राष्ट्रिय विभूति तथा सहिद पार्क निर्माण गर्‍यो । ५६ रोपनी क्षेत्रफलमा फैलिएको पार्कलाई सहिद र राष्ट्रिय विभूतिको साझा स्मृति स्थलका रूपमा विकास गर्ने महत्त्वाकांक्षी योजना समेत थियो ।

Ncell
Extreme Energy

महानगरपालिकाले सुरुमा यहाँ १०८ जना सहिद र राष्ट्रिय विभूतिका सालिक स्थापना गर्ने घोषणा गरेको थियो । तर सात वर्ष बितिसक्दा पनि आधा दर्जनजति सालिक मात्रै उभिएका छन् । बाँकी सालिक राख्न बनाइएका पीठिका अहिले पनि रित्ता छन् । ती खाली संरचनाले अधुरो योजनाको सम्झना गराइरहेका छन् ।

सुरुआती दिनमा पार्क प्रवेशका लागि टिकट काट्नुपर्ने व्यवस्था थियो । दैनिक करिब तीन सयसम्म आगन्तुक पुग्ने यो पार्क आन्तरिक पर्यटकको रोजाइमा पनि पर्थ्यो  । तर टिकट शुल्कको विरोध भएपछि महानगरपालिकाले नयाँ ठेक्का प्रक्रिया अघि बढाएन । त्यसयता पार्कमा निःशुल्क प्रवेशको व्यवस्था भए पनि आगन्तुकको संख्या भने घट्दै गयो ।

पार्कमा सालिक अवलोकनबाहेक अन्य आकर्षण थपिन सकेको छैन । सांस्कृतिक गतिविधि, प्रदर्शनी, अध्ययन केन्द्र, बालमैत्री संरचना वा पर्यटकलाई लामो समय रोक्ने कार्यक्रम नहुँदा पार्क विस्तारै ओझेलमा पर्दै गएको छ । महानगरपालिकाले थप सालिक स्थापना गर्ने वा पार्कलाई नयाँ स्वरूपमा विकास गर्ने कुनै स्पष्ट योजना पनि सार्वजनिक गरेको छैन ।

एक समय पोखराका चोकमा उभिएका सहिद र राष्ट्रिय विभूतिका सालिकलाई एउटै स्थानमा सम्मानपूर्वक संरक्षण गर्ने उद्देश्यले निर्माण गरिएको यो पार्क अहिले भने आफ्नै मौनताको साक्षी बसिरहेको छ । स्मृतिलाई जोगाउन बनाइएको ठाउँ आफैं बिर्सिन थालेको जस्तो देखिन्छ ।

Pokhara-Sahid-Park-Photo-Arjun-Gaha_NPL-(4)-1785990968.jpg

Pokhara-Sahid-Park-Photo-Arjun-Gaha_NPL-(8)-1785990796.jpg

Pokhara-Sahid-Park-Photo-Arjun-Gaha_NPL-(1)-1785990787.jpg

Pokhara-Sahid-Park-Photo-Arjun-Gaha_NPL-(2)-1785990776.jpg

Pokhara-Sahid-Park-Photo-Arjun-Gaha_NPL-(6)-1785990776.jpg

Pokhara-Sahid-Park-Photo-Arjun-Gaha_NPL-(5)-1785990759.jpg

Pokhara-Sahid-Park-Photo-Arjun-Gaha_NPL-(7)-1785990759.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
आज बेलुकादेखि मनसुन सक्रिय हुने, पर्सिसम्म भारी वर्षाको सम्भावना

आज बेलुकादेखि मनसुन सक्रिय हुने, पर्सिसम्म भारी वर्षाको सम्भावना

केही दिनदेखि मनसुनको न्यून चापीय रेखा (मनसुन ट्रफ) केही टाढा सरेकाले वर्षा कम भए पनि आज बेलुकादेखि नेपालमा फेरि वर्षा बढ्ने मौसमविद्ले बताएका छन्।
आज कुनकुन सडक छन् अवरूद्ध ?

आज कुनकुन सडक छन् अवरूद्ध ?

वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् ।
रुग्ण उद्योगमा सुधारका संकेत देखिन थालेका छन् : प्रधानमन्त्री बालेन शाह

रुग्ण उद्योगमा सुधारका संकेत देखिन थालेका छन् : प्रधानमन्त्री बालेन शाह

प्रधानमन्त्री बालेन शाहले वर्षौंदेखि बन्द, घाटा र निराशाले थलिएका राष्ट्रिय उद्योग तथा संस्थानहरू पुनः सञ्चालन र प्रतिस्पर्धी बन्न सक्ने अवस्थामा पुग्न थालेको बताएका छन् ।
सिँढीबाट लडेर युवकको मृत्यु

सिँढीबाट लडेर युवकको मृत्यु

भीमदत्त नगरपालिका–६ ऐठपुरमा शुक्रबार राति घरको सिँढीबाट लडेर एक युवकको मृत्यु भएको छ ।