नेभिगेशन
समाज

भदौमा करिब पाँच सय परिवारलाई लालपूर्जा बाँड्दै सरकार, कुन कुन जिल्लाका बासिन्दाले पाउँदैछन् ?

काठमाडौँ । सरकारले करिब पाँच सय अव्यवस्थित बसोबासी, सुकुमबासी र भूमिहीनलाई आगामी महिना लालपूर्जा वितरण गर्ने भएको छ । 

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकाअनुसार ८ जिल्लाका करिब पाँच सय परिवारलाई लालपूर्जा वितरण गर्न लागिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्त्री प्रतिभा रावलले प्रतिनिधि सभाको रोष्टमबाट यो जानकारी दिएकी हुन् । 

Ncell
Extreme Energy

उनकाअनुसार अव्यवस्थित बसोबासी, सुकुमबासी र भूमिहीनको १२ लाख संख्या विवरण छ । 

'चारवटा जिल्लामा लालपूर्जा वितरण गरिसकेका छौं । अब भदौभित्र उदयपुरमा ३ सय, तनहुँमा १५, मकवानपुर १०६, कञ्चनपुर १७, धनुषा ५, दाङमा १४ वटा, बर्दिया ३० र सुर्खेतमा १८ वटा वितरण गर्नेगरी मन्त्रालयले काम गरिरहेको छ,' उनले भनिन् । 

मन्त्री रावलले  अव्यवस्थित बसोबासी, सुकुमबासी र भूमिहीनको पहिचान र व्यवस्थापनमा सरकार गम्भीर, संवेदनशील रहेको बताइन् । उनले लालपूर्जा वितरणका लागि स्थानीय सरकारको सहयोग पनि चाहिने बताइन् । 

'नेपाल सरकारको प्राथमिकता जो जहाँ बसिरहेको छ, भोगचलन गरेकै ठाउँमा जग्गा दिने हो, त्यही तयारी गरिरहेको छ । तर, नकारात्मक सूचीमा परेको हकमा ठाउँमा अर्को ठाउँमा दिने हो,' उनले भनिन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
धाप ड्याम ड्याम भासिन थालेपछि फुल क्यापासिटीमा २४सै घण्टा पानी निकासी

धाप ड्याम ड्याम भासिन थालेपछि फुल क्यापासिटीमा २४सै घण्टा पानी निकासी

एहतियातका रूपमा धाप ड्याममा सञ्चित पानीको सतह घटाउन ४०० लिटर प्रतिसेकेन्डको दरले फुल क्यापासिटीमा २४ सै घण्टा पानी निकासी भइरहेको विभागले जनाएको छ ।
नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५  परिवारले पाए लालपुर्जा

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५  परिवारले पाए लालपुर्जा

नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पुर्जा वितरणको प्रक्रिया लामो समय रोकिएको थियो । विगतमा नापनक्सा भइसकेको जग्गाको आवश्यक प्रक्रिया पूरा गर्दै ३८५...
एसिसी प्रिमियर कप फाइनलः नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य

एसिसी प्रिमियर कप फाइनलः नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य

नेपालका लागि ओपनर तथा विकेटकिपर आसिफ शेखले शतकीय पारी खेले । उनले १०६ बलमा आठ चौका र चार छक्कासहित १०२ रनको पारी खेलेका हुन् । एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा...
आज जनकपुरमा अग्रगामी मोर्चाको बृहत् कार्यक्रम, शीर्ष नेतृत्वले सम्बोधन गर्ने

आज जनकपुरमा अग्रगामी मोर्चाको बृहत् कार्यक्रम, शीर्ष नेतृत्वले सम्बोधन गर्ने

९ दलीय अग्रगामी मोर्चाको मधेश प्रदेश समन्वय समितिले शनिबार जनकपुरमा बृहत् कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रम आयोजना गर्दैछ।